आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

  • जेठ २१, २०७८ शुक्रवार
  • १३:१८:०४ बजे
  • 13.1K
    SHARES
  • आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ
    प्रतिकात्मक तस्बिर

    केदार कटुवा, उदयपुर : आफ्नै छोरीलाइ बलत्कार गर्ने बाबुलाइ प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ बेलश्रोत बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले आफ्नै १५ वर्षीय छोरीलाइ बलत्कार गरि फरार रहेका थिए । जेठ १८ गते राति छोरीलाइ जबरजस्ति करणी गरेको प्रहरीले जानकारी दिएको छ । घर परिवारबाट जेठ २० ईलाका प्रहरी कार्यलय कटारीमा किटानी जाहेरी दिइएको थियो ।

    त्यस लगत्तै प्रहरी खोज तलासमा प्रहरी सक्रिय भएको थियो । शुक्रबार पक्राउ परेका आरोपितको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी प्रमुख भीम बहादुर दाहालले बताए ।

    याे पनि पढ्नुहाेस
    छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवा पक्राउ

    प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको छ ।

    “प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई बलात्कार गर्दै आएको देखिन्छ ।” प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् ।

    पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।“बुवाले नै बलात्कार गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार