बुर्तिबाङ : बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालिले निमोनिया लगायतका रोगबाट ग्रसित भई पोखरामा उपचाररत निसीखोला गाउँपालिका वडा नम्बर ३ का रेशम शाहीलाई आर्थिक सहयोग गरेको छ । समिति मातहतमा रहेर सवारी चलाउँदै आएका शाही बिरामी परि पोखराको चरक अस्पत्तालमा लामो समयदेखि उपचाररत रहेका छन् ।
उनको उपचारको क्रममा आर्थिक समस्या भएपछि समितिले व्यवसायीहरुबाट ७० हजार रुपैयाँ संकलन गरि सहयोग गरेको प्रालिका अध्यक्ष जित बहादुर कुवँरले बताए । अध्यक्ष कुवँरले संस्थामा व्यवसाय दर्ता गरी यातायात सञ्चालन गर्दै आएका शाहीको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पु¥याउने उदेश्यले मितिमा आवद्ध व्यवसायी, समितिका पदादिकारीबाट
आर्थिक सकलन गरी सहयोग गरिएको बताए । उपचाररत रेशम शाहीको स्वास्थ्यमा पछिल्लो समय क्रमिक सुधार भइरहेको बताइएको परिवार स्रोतले जनाएको छ । उनको लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग संकलन गरि रहेका छन् ।