एउटै युवतीलाई सामुहिक बलात्कार गर्ने जना जुवाडे पक्राउ

एउटै युवतीलाई सामुहिक बलात्कार गर्ने जना जुवाडे पक्राउ

  • जेठ २७, २०७८ बिहिवार
  • ०७:०१:०९ बजे
  • 12.5K
    SHARES
  • एउटै युवतीलाई सामुहिक बलात्कार गर्ने जना जुवाडे पक्राउ
    सांकेतिक तस्बिर

    हेटौंडा : एक युवतीसँग सामूहिक सम्बन्ध राखेको अभियोगमा हेटौंडाबाट ६ जनालाई पक्राउ गरिएको छ । हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित ६ जना पक्राउ परेका हुन् । उनीहरुले एक युवतीसँग उनको इच्छाविपरीत सामूहिक सम्बन्ध राखेको अनुसन्धान खुलेको छ ।

    पक्राउ परेका ६ जुवाडेलई जबरजस्तीकरणी मुद्दा समेत चाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । जुवा खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेको थप एक जनाले किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको खुल्नमा आएको उहाँले बताउनुभयो ।

    पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरिएको छ ।

    याे पनि पढ्नुहाेस्
    कोरोना पोजेटीभ किशोरीलाई नुहाउँदै गर्दा बलात्कार गर्न खोज्ने ईन्जिनियर पक्राउ 

    सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीमाथि हातपात गरेको अभियोगमा  रोल्पाका एक ईन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल रहेका छन्। 

    जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको लिखित जाहेरीका आधारमा ईन्जिनियर पौडेललाई शुक्रबार साँझ पक्राउ गरिएको जानकारी दिए। ‘उहाँ कोरोना पोजेटिभ किशोरी हुनुहुँदो रहेछ, आइसोलेसनमा बस्दै आउनु भएकोरहेछ,’ डिएसपी सुवेदीले भने, ‘दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले जबरजस्ती गर्न खोजेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।’

    पक्राउपछि पौडेललाई जवरजस्ती करणी उद्योग अन्तर्गत  मुद्दा  चलाएर  अनुसन्धान सुरु गरिएको डिएसपी नवराज सुवेदीले जानकारी दिए । ती किशोरी एकान्तस्थलको सार्वजनिक धारामा एक्लै नुहाइरहेको देखेपछि इञ्जिनियर पौडेल मिनिरल वाटरको बोतल बोकेर पानी भर्ने बाहानामा  त्यहाँ पुगेका थिए । 

    त्यसपछि उनले धारामा नुहाउँदै गरेकी ती किशोरीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ। प्रहरीका अनुसार ती किशोरीलाई इन्जिनियर पौडेलले पहिलेदेखि नै पछ्याउँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार