मदिरा सेवन गरी चिकित्सक कुटपिट गर्ने तीन जना पक्राउ

मदिरा सेवन गरी चिकित्सक कुटपिट गर्ने तीन जना पक्राउ

  • जेठ २८, २०७८ शुक्रवार
  • ०७:१८:२२ बजे
  • 3.2K
    SHARES
  • मदिरा सेवन गरी चिकित्सक कुटपिट गर्ने तीन जना पक्राउ
    फाइल तस्बिर

    सुर्खेत : प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर–२ कोलडाँडाका

    वर्ष १७ र वीरेन्द्रनगर–४ बस्ने वर्ष १६ का किशोर छन् । उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुार सबै १८ वर्षमुनिका रहेकाले विवरण नखुलाइएको हो ।

    अस्पतालका इञ्चार्ज समेत रहेका डा। शंकरप्रसाद रिजाल र डा। यादवप्रसाद उपाध्यायमाथि बिहीबार बेलुका हातपात भएको थियो । डा। रिजाल अस्पतलबाट घर जान लागेका थिए भने उपाध्याय अफिस जान लागेका थिए।

    उनीहरू दुबै जना एकैठाउँमा भेटिएकाले जम्काभेट भएका तीन जनाले हातपात गरेका हुन्। हातपात गर्नुको कारण भने खुलेका छैन। हातपात गर्नेहरूले अत्यधिक मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # कुटपिट
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार