बुर्तिबाङ : नेपाल चिकित्सक संघले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई सेट अक्सिजन कन्सनटेटर मेशिन सहयोग गरेको छ । सामाजिक अभियान्ता प्रताप पौडेल, दिल्लीराम सुवेदी, उमाकान्त (बाबु) जित शेरचन र गोपाल पौडेल लगाएतको पहलमा चिकित्सक संघले पउलब्ध गराएको मेशिन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
आफूहरुको आग्रहलाई स्वीकार गर्दै संघले धौलागिरी अस्पताल बागलुङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रसहित जिल्लाका तीन वटा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको र हस्तान्तरण गसरिएको अभियान्ता प्रताप पौडेलले बताए । कोरोना संक्रमणलाई न्यूनिकरण गर्न केही सहयोग पु¥याउने उद्देश्यले आफूहरुको सक्रियतामा स्वास्थ्य सामग्री हस्तान्त्रण
गरिएको उनको भनाइ छ । नागरिकको सहज उपचारमा टेवा पुग्ने अपेक्षा सहित आफुहरुले नेपाल चिकित्सक संघलाई गरिएको आग्रह अनुसार दुई थान अक्सिजन कन्सन्टेटर मेशिन, माक्स, पिपिई लगाएतका स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको अभियानका सदस्य उमाकान्त शर्माले बताए ।
ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ती र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लको लगायतको सहभागितामा उक्त सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।