ग्लोबल आईएमईको शाखा रहित बैंकिङ सेवा लेखानीमा 

ग्लोबल आईएमईको शाखा रहित बैंकिङ सेवा लेखानीमा 

  • पौष ४, २०७७ शनिवार
  • २०:०४:३० बजे
  • 5.8K
    SHARES
  • ग्लोबल आईएमईको शाखा रहित बैंकिङ सेवा लेखानीमा 

    बागलुङ : जिल्लाको काठेखोला—८ लेखानीमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ सेवा सुरु भएको छ ।

    शाखा रहित बैंकिङ शनिबार लेखानीमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले उद्घाटन गरेका छन् ।

    यो ग्लोबल आईएमईको २४१ औं शाखा रहित बैंकिङ सेवा हो ।

    शाखा रहित बैंकिङ सेवाको उद्घाटन गर्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले गाउँ गाउँमा बैंकिङ सेवाले नागरिकलाई वित्तीय साक्षरतासंगै बचतको महत्व सिकाउने बताए ।

    Globle 2.jpg

    ‘गाउँ गाउँमा बैंकको शाखा स्थापना हुनुले यहाँको नागरिकलाई रेमिट्यान्स देखि बचत लगायत अन्य कारोबारमा

    निकै सहज सेवा पुग्नेछ,’ उनले भने,‘बैंकको सहज पहुँच नभएको ठाउँमा शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेर ग्लोबल आईएमईले निकै राम्रो काम गरेको छ ।’

    ग्लोबल आईएमई बागलुङका शाखा प्रवन्धक हेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा काठेखोला गाउँपालिका—८ लेखानीका वडा सदस्य काशीराम कँडेल, गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङका कार्यकारी

    निर्देशक प्रमानन्द कँडेल, गाजा बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका अध्यक्ष भीमप्रसाद कँडेल,

    लेखानी माविका शिक्षक रामानन्द कँडेल, करलिम आधारभूत विद्यालयका प्रधानाध्यापक लिलाधर कँडेल, स्थानीय समाजसेवी रुद्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Globle 1.jpg

    शाखा रहित बैंकि सेवाका प्रमुख व्यवसायिक प्रतिनिधि योगनाथ कँडेल रामुको स्वागत र बैंकका कर्मचारी दिलबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बैंकिङ सेवाले स्थानीयलाई आर्थिक कारोबारमा सहजता पुग्नेछ । 

    सम्बन्धित समाचार