बागलुङमा ग्यास लिग भएर आगलागी हुँदा लाखौँको क्षति

बागलुङमा ग्यास लिग भएर आगलागी हुँदा लाखौँको क्षति

  • आषाढ ५, २०७८ शनिवार
  • १८:४९:५४ बजे
  • 13.5K
    SHARES
  • बागलुङमा ग्यास लिग भएर आगलागी हुँदा लाखौँको क्षति

    बागलुङ : बागलुङमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा शनिबार एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

    तित्याङको बुकेनीका स्थानीय मन बहादुर थापाको घरमा ग्यास लिग भएर आगलागी भएको वडा अध्यक्ष गणेश थापाले जानकारी दिए । भान्छाकोठामा भएको आगलागीबाट तीन लाख बढीको क्षति भएको अध्यक्ष थापाले बताए । आगलागीबाट भान्सा कोठा र त्यहाँका सम्पूर्ण

    सामाग्री पुर्ण रुपमा नष्ट भएका छन् । आगलागी नियन्त्रणका क्रममा सोही परिवारका सदस्य नवीन थापाको हातमा गहिरो चोट लागेको थापाले बताए । आगलागी भएको केही बेरपछि मात्रै विपद व्यवस्थापन गुल्म बागलुङले नियन्त्रणमा लिएको बताइएको छ ।

    यो पनि पढ्नुहोस्
    बागलुङमा कोरोनाबाट २६ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५० पुग्यो
    बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया युवतीको गय राति मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बागलुङका कोरोना १९ फोकल पर्सन देवप्रकाश घिमिरेले दिएको जानकारी अनुसार उनको गय राति १२ः४० मा मृत्यु भएको हो ।

    उनलाई स्वास्थ्यमा समस्या देखिएपछि असार ४ गते धौलागिरी अस्पताल ल्याएको घिमिरेको भनाई छ ।एन्टिजेन्ट बिधिबाट परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको घिमिरेले जानकारी दिए । पछिल्लो केही दिन यता मृत्युदर र संक्रमणदर घट्दै गएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार