गलकोट : गलकोट नगरपालिकाको ४९ औँ कार्यपालिकाको बैठक आइतबार समपन्न भएको छ । बैठकमा आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमले पास गरेर नगर सभामा पेश गर्ने गरि यसभन्दा अघिल्लो बैठकले गरेका निर्णयहरु कार्यन्वनको बारेमा समिक्षा भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ को संस्थागत क्षमता स्वमूल्यांकन स्वीकृत गर्दै सार्वजनिक गर्ने निर्णय गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरले जानकारी दिए । बैठकले नगरपालिकाको सार्वजनिक नीजि साझेदारी सम्बन्धि विधेयक २०७८, नगरपालिका को औद्योगिक व्यवसाय सम्बन्धी विधेयक २०७८ लगायतका विधेयकहरुको बैठकमा छलफल गर्दै नगर सभामा पेस गर्ने निर्णय गरिएको छ ।
जेठ महिनाको चालू ,पूँजीगत, अन्य शिर्षकमा भएको खर्च र आम्दानीको समेत अनुमोदन गर्ने निर्णय गरिएको नगरपलिकाका प्रवक्ता हिम बहादुर भण्डारी (हेमन्त) ले जानकारी दिए । नगरपालिकाले यहि असार ७ गते बिहान गलकोट नगरपालिकाको सभाहल वडा नरेठाँटीमा हुने नगरपालिकाले जानकारी गराएको छ ।