भक्तपुर : किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका वडा नम्बर
४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान दिएको महानगरीय प्रहरी परिसर
भक्तपुरका प्रहरी नायब उपरिक्षक दीपक गिरीले जानकारी दिनुभयो ।प्रहरीले चौलागाईंलाई काठमाडौँ सुन्धारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । यही असार ५ गते बिहान १० बजे किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएकी थिइन् ।
निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले आइतबार किशोरीलाई सुन्धारामा फेला पारेर भक्तपुर प्रहरीलाई बुझाएको थियो ।
यो पनि पढ्नुहोस्
यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ
काठमाडौं । छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मनाङका एक शिक्षक पक्राउ परेका छन् ।नार्पाभूमी गाउँपालिका–१ नार गाउँको नार आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । उनलाई सो विद्यालयका युकेजि र प्ले ग्रुपमा अध्ययनरत
छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चेका ४३ वर्षीय अजय राम गुरुङ रहेको प्रहरीले जनाएको छ । शिक्षक गुरुङले विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई
ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।