सन नेपाल लाईफ इन्स्योरन्सद्वारा १० लाख ४४ हजारको मृत्यु दाबी रकम भुक्तानी

सन नेपाल लाईफ इन्स्योरन्सद्वारा १० लाख ४४ हजारको मृत्यु दाबी रकम भुक्तानी

  • आषाढ ९, २०७८ बुधवार
  • १८:०६:३० बजे
  • 6.3K
    SHARES
  • सन नेपाल लाईफ इन्स्योरन्सद्वारा १० लाख ४४ हजारको मृत्यु दाबी रकम भुक्तानी

    बागलुङ : सन नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी भुक्तानी बापतको १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्त्रण गरिएको छ । २०७६ असोज १६ गते बीमा गरेकी

    केशमायाको २०७७ पौष २८ गते हिँड्ने क्रममा घर नजिकैको साँघुरो सडकबाट खोलामा खस्दा दुर्घटनाका कारण मृत्यु भएको थियो । बाबा प्रेमबहादुर पुनको नाममा चेक हस्तान्त्रण गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स बुर्तिबाङ शाखाका प्रबन्धक सरस्वती घिमिरेले जानकारी दिइन् । दुई किस्ता बीमा शुल्क बापत ७० हजार

    ४ सय १० तिरेकी केशमायाको हकवालामा छोरा अखिल पुन मगर छन् । नाबालक बालबच्चाको लालन पालन र पढाइमा बीमा दाबी बापतको रकमले महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीका, उपप्रमुख कर्र्मती पुन, ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर,

    वडा नम्बर ५ का अध्यक्ष जिवन पुन, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर,  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्त, समाजसेवी तुल्सीराम अर्याल, ऋतुवर्ण पौडेल, उत्तम महत, इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लगाएतको आतिथ्यतामा दाबी रकम भुक्तानी गरिएको थियो । 

    सम्बन्धित समाचार