पाेखरा : कास्की प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ । १६ वर्षीय बालाकालाई ललाई फकाइ जवरजस्ती गर्दै गोप्य भिडियो बनाएर फेसबुकमा हाल्ने
भारतका इन्द्रजीत कुमार शर्मालाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनले डर धम्की दिई बालिकाकै नामबाट नक्कली फेसबुक आइडी बनाएर अश्लिल भिडियो तथा फोटो हाल्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवाष हमालले जानकारी दिए ।
‘बालिकाको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौ । फेक आइडी बनाएर अश्लिल भिडियो तथा फोटो हालेको भन्दै दिएको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौ’ हमालले भने ।
शर्मालाई बुधवार पक्राउ गरिएको हो । भारत विहार पश्चिमी चम्पारण फतुछापर व्रिति घर भइ हाल पोखरा ९ शान्तिवन बस्दै आएका २७ वर्षीय शर्मालाई पोखरा १४ चाउथेबाट पक्राउ गरिएको हो । शर्मा विरुद्ध जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइराखेको हमालले जानकारी दिए ।