विनोद विश्वकर्मा, बुर्तिबाङ गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीले संसद विघटन हुनबाट बचाएको बताएका छन् । निसीखोला गाउँपालिकाको आठौँ गाउँ सभालाई सम्बोधन गर्दै केन्द्रीय राजनीतिको
प्रभाव गण्डकी प्रदेशमा परेको र संसद विघटन हुने खतरा देखेपछि विपक्षी गठबन्धनलाई साथ दिएको बताए । उनले एमालेभन्दा नेपाली काँग्रेस राम्रो भएर साथ दिएको भने नभएको बताए । ‘हामीलाई के आलोचना आउछ भने कम्युनिष्टहरुले भोट दिएर गयो तर सरकारमा काँग्रेसलाई साथ दियो भन्ने मैले
पनि त्यो आलोचना खेपेको छु’ शाहीले भने । वर्गीय तरिकाले नेपाली काँग्रेसलाई शत्रु र नेकपालाई मित्र शक्ति भनेता पनि तत्कालको परिवेशमा जनमतको कदरका लागि कांग्रेससँग सहकार्य गरेको उनको भनाई छ । पञ्चायत फल्ने बेलामा पनि काँग्रेससंग सहकार्य गरेको स्मरण गरे ।
तत्कालीन अवस्थालाई हेरेर राष्ट्रिय जनमोर्जाले विपक्षी गठबन्धनलाई सघाएको भन्दै अबको सरकारलाई आफूहरुले गुण र दोषको आधारमा समर्थन गर्ने सांसद शाहीले बताए ।