किशोरी सुत्ने कोठामा प्रवेश गरी जवरजस्ती बलात्कार गर्ने युवा पक्राउ

किशोरी सुत्ने कोठामा प्रवेश गरी जवरजस्ती बलात्कार गर्ने युवा पक्राउ

  • आषाढ १२, २०७८ शनिवार
  • ०९:१०:३६ बजे
  • 6.4K
    SHARES
  • किशोरी सुत्ने कोठामा प्रवेश गरी जवरजस्ती बलात्कार गर्ने युवा पक्राउ
    सांकेतिक तस्बिर

    वीरगञ्ज : १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो । 

    गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ वर्षीया किशोरीको घर पुगेका थिए । परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई लागेको छ ।

    कोठाको ढोकामा कुरुवा बसेका कमलेश फरार छन् । किशोरीको बुवाको जाहेरी दरखास्तको आधारमा कृष्णलाई असार १० गते नै पक्राउ गरेको थियो । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी उनी विरुद्ध थप अनुसन्धान प्रकृया अगाडि

    बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । फरार कमलेशको खोजतलास भइरहेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार