बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर ६ कि सुर्बीता भण्डारीलाई आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था न्यून तथा अशक्त भण्डारीलाई युवा समाजसेवी हरि पुन र उनकी श्रीमति शर्मिला पुनको सक्रियतामा संकलन भएको १ लाख २५ हजार रुपैयाँ भण्डारीलाई हस्तान्त्रण गरिएको हो ।
वैदेशिक रोजगारीका लागि विदेशमा पुगेका छोरा दुर्घटनामा परि ज्यान गुमाएपछि उनको अवस्था थप जटिल बनेको छ । पर्चुगलमा रहेका पुन दाम्पतिले भण्डारी लागि विभिन्न व्यक्तिहरुबाट संकलन गरेको रकम भण्डारीलाई हस्तान्तरण गरिएको हो । बागलुङ पोस्टकर्मी छविलाल पाण्डे र पत्रकार नारायण रिजालले गत वर्ष सुवित्राको घरमै पुगेर उनको वास्तविक कथा बाहिर ल्याएका थिए ।
समाचार माध्यमा उनको वास्तविकता बाहिर आएपछि बागलुङ समाज पर्चुगलका उपाध्यक्ष पुनको सक्रियतामा संकलन गरिएको राहत रकम पीडित भण्डारीलाई हस्तान्त्रण गरीएको ढोरपाटन नगरपालिका ६ का वडा अध्यक्ष जिवन पुनले बताए । २०७७ मंसिर १५ गते सामुदायिक रेडियो ढोरपाटन र बागलुङ पोष्ट लगाएतका
मिडियामा ‘ढोरपाटन गाडीखोलाकी सुर्बीताको बुढेसकालमा कोही छैन सहारा’ भन्ने समाचार प्रकाशन/प्रशारण भएपछि ढोरपाटन नगरपालिका ६ घर भई वैदेशिक रोजगारीको सिलसिलामा पर्चुगल रहेका पुनले आर्थिक संकलन अभियान सुचारु गरेका थिए । आफु र अन्य सहयोगी दाताहरुबाट संकलन भएको १ लाख ५० हजार
रकम मध्ये १ लाख २५ हजार रुपैयाँ सुवित्रा भण्डारीका लाथि पठाइएको र २५ हजार रुपैयाँ सोहि गाउँका अशक्त व्यक्ति लोक बहादुर भण्डारीलाई हस्तान्त्रण गरीएको बताइएको छ । ‘संचार माध्यममा आएको समाचार पढेपछि सहयोग नगरी बस्नै सकिन, उहाँको समस्या र पीडा देखेर आर्थिक संकलन अभियान चलाएरको हुँ’ पुनले भने । पुनले आगामी दिनमा समेत यस्ता समस्यामा परेका नागरिकलाई आफुले सहयोग गर्ने बताए ।
आफुले थालेको अभियानमा विभिन्न देशमा रहनुभएका धेरै जनाले सहयोग गरेको उनको भनाई छ । संकलित रकम स्थानीय अस्मिता भण्डारीलाई उपलब्ध गराई स्थानीयकाे उपस्थितीमा हस्तान्त्रण गरीएको पुनले बताए । राहात हस्तान्त्रणमा होम बहादुर भण्डारी, ढोरपाटन नगरपालिका ६ का अध्यक्ष जिवन पुन, समाजसेवी अस्मिता भण्डारी, दर्गा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
