भक्तपुर : १२ वर्षकी बालिका बलात्कार गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । असार १३ गते आइतबारका दिन कोठामा कोही नभएको अवस्थामा बसन्त दमाईले १२ वर्षकी बालिका बलात्कार गरेका थिए ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ कमलबिनायक स्थित डेरामा बसिरहेको अवस्थामा जिल्ला दोलखा बैतेश्वर गाऊँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर ९ चोखा बस्ने ३२ वर्षीय को बसन्त दमाईले घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बालिका बलात्कृत भएको बालिकाकी आमाले महानगरिय प्रहरी बृत्त जगातीमा उजुरी दिएकी थिइन । आमाको किटानी जाहेरीपछि दमाइलाई पक्राउ गरी थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको तथा जवरजस्ती करणी मुद्दामा कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।