सार्वजनिक सवारी खुले, निशेधाज्ञा अरु १० दिन थपियो

सार्वजनिक सवारी खुले, निशेधाज्ञा अरु १० दिन थपियो

  • आषाढ २५, २०७८ शुक्रवार
  • ११:३३:४८ बजे
  • 3.6K
    SHARES
  • सार्वजनिक सवारी खुले, निशेधाज्ञा अरु १० दिन थपियो

    बागलुङ : बागलुङमा केही प्रतिवन्धहरु सहित निशेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक गरेको सूचना अनुसार अब बागलुङमा निजीसंगै सार्वजनिक सवारी साधनहरु पनि सञ्चालन हुन पाउने भएका छन् ।

    अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गरेर जिल्ला भित्र मात्रै निजी तथा सवारी साधन सञ्चालन गर्न पाईने बताईएको छ । निशेधाज्ञा भने साउन ४ गतेसम्म लम्ब्याईएको छ । फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान दश बजेसम्म र अन्य व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । यो भन्दा अगाडि सबै पसलहरु दिनको १२ बजेसम्म सञ्चालन हुने गरेका थिए ।

    सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसलमा प्रतिवन्ध कायमै रहेको छ ।

    होटल तथा रेष्टुरेन्टले साँझ ७ बजेसम्म अनलाईन तथा होम डेलिभरी सेवा उपलब्ध गराउनसक्नेछन् । सरकारी कार्यालयहरुको सेवाका लागि स्थानीय तह अनुसार तालिका निर्धारण गरिएको छ । 

    Prasan (1).jpg

    Prasan (2).jpg

     

  • सम्बन्धित विषय:

  • # सार्वजनिक सवारी
  • # निशेधाज्ञा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार