बागलुङमा साउन १४ गते रातीसम्म थपियो निशेधाज्ञा, के के खुल्छन् ?

बागलुङमा साउन १४ गते रातीसम्म थपियो निशेधाज्ञा, के के खुल्छन् ?

  • श्रावण ४, २०७८ सोमवार
  • १८:३१:३३ बजे
  • 2.6K
    SHARES
  • बागलुङमा साउन १४ गते रातीसम्म थपियो निशेधाज्ञा, के के खुल्छन् ?

    बागलुङ : बागलुङमा साउन १४ गते रातीसम्मका लागि निशेधाज्ञा थपिएको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै गत वैशाखयता जारी निशेधाज्ञालाई अरु १० दिन थप गरिएको छ ।

    कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले निशेधाज्ञा थप गरेको हो । प्रशासनले निशेधाज्ञा थप गरेसंगै विभीन्न कार्यहरुमा पावन्दी लगाएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्न नपाईने, घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, भेला, जात्रा, सेमिनार।

    सभा जुलुस र गोष्ठी लगायतका कार्यक्रम गर्न नपाईने, औषधी पसलहरु २४ सै घण्टा  खुला हुनुपर्ने,  नीजित थता सार्वजनिक सवारी साधनहरु जिल्ला भित्र सञ्चालन हुने, सिट क्षमता भन्दा यात्रु राख्न नपाईने, स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गर्नुपर्नेछ ।

    सिनेमा हल, पार्टी प्यालेस, पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर व्युटिपार्लर, सैलुन फुटपाथ पसलहरु, ट्रेनिङ सेन्टर लगायतका सेवा तथा संस्थाहरु खोल्न पाईने छैन ।

    होटल रेष्टुरेन्ट, चिया तथा खाजा पसलहरु बेलुका ७ बजेसम्म टेक अवे, होम डेलिभरी मार्फत सेवा सञ्चालन गर्ने, दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खुल्नेछन् ।

    अन्य पसलहरु दिउँसो बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न भनिएको छ । 

    prasasan.jpg

    prasasan 1.jpg

     

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # निशेधाज्ञा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार