बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले विभीन्न क्षेत्रमा लगाएको निशेधाज्ञा थप गरेको छ । कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै हालसम्म जारी निशेधाज्ञालाई नै निरन्तरता दिएको छ ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी बागलुङको बैठकपछि जिल्ला सुरक्षा समितिको बैठकले विभीन्न क्षेत्रको निशेधाज्ञालाई कायमै राखेको हो । बैठकपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको निशेधाज्ञामा विगतकै अवस्थालाई निरन्तरता दिईएको छ । आवासीय होटलहरुले ५० प्रतिशत अकुपेन्सीमा खुल्नेछन् ।
रेष्टुरेन्ट खाजाघरहरु भने पहिलेकै अनुसार साँझ ७ बजेसम्म टेक अवे र अनलाईन अर्डरका आधारमा होम डेलिभरी गर्नुपर्नेछ ।

