कोरोना कहर

साउन २८ देखि भदौ ५ गतेसम्म बागलुङमा कडा निशेधाज्ञा

साउन २८ देखि भदौ ५ गतेसम्म बागलुङमा कडा निशेधाज्ञा

  • श्रावण २६, २०७८ मंगलवार
  • १५:०५:१२ बजे
  • 10.9K
    SHARES
  • साउन २८ देखि भदौ ५ गतेसम्म बागलुङमा कडा निशेधाज्ञा

    बागलुङ : बागलुङमा साउन २८ गतेदेखि कडा निशेधाज्ञा गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्र बागलुङको बैठकले कोरोना महामारी नियन्त्रणका लागि कडा निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।

    बागलुङ नगर क्षेत्रमा नयाँ नयाँ लक्षण सहित कोरोना संक्रमित तिब्र रुपमा बढेको बन्दै बागलुङ नगरपालिकाले सोमबार निशेधाज्ञा गर्नका लागि कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारीस गरेको थियो ।

    त्यही सिफारीसको आधारमा केन्द्रको बैठकले अत्यावश्यक बाहेक सबै सेवा पूर्ण बन्द रहनेगरी निशेधाज्ञामा कडाई गरेको हो ।

    साउन २९ गते बिहान ५ बजेबाट भदौ ५ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।

    विगतमा निशेधाज्ञाको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैषिक संस्थाहरु सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन् ।

    अत्यावश्यक सेवामा लागि सवारी साधन सञ्चालन हुनेछन् । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरु पनि आईतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

    लोकसेवा तथा त्रिभुवन विश्व विद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने बताईएको छ । निशेधाज्ञा बागलुङ जिल्लाभर कडाई गरिनेछ । 

    1.jpg

    2.jpg

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # निशेधाज्ञा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार