बागलुङमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

बागलुङमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

  • आषाढ २५, २०७८ शुक्रवार
  • ११:४९:२३ बजे
  • 4.5K
    SHARES
  • बागलुङमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना संक्रमणका कारण अरु दुई जनाको मृत्यु भएको छ । बागलुङको धौलागिरि अस्पतालमा उपचार गराईरहेको एक महिला र एक पुरषको कोरोनाकै कारण मृत्यु भएको हो ।

    धौलागिरि अस्पतालको आईसियुमा उपचारकै क्रममा बागलुङ नगरपालिका—३ की ५५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । असार १९ गते अस्पताल भर्ना भएकी उनको गयराती १ बजे मृत्यु भएको हो । बागलुङ नगरपालिका—२ का अर्का पुरुषको बिहीबार मृत्यु भएको हो ।

    बानपा—२ का ७७ वर्षका पुरुषको बिहीबार साँझ मृत्यु भएको घिमिरले बताए । उनीमा उच्च रक्तचापको समेत समस्या भएको बताईएको छ ।

    शरिरमा अचानक अक्सीजनको अभाव देखिएपछि अस्पताल ल्याएको केही समयमै ती पुरुषको मृत्यु भएको बताईएको छ । बागलुङमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउेनको संख्या ५७ पुगेको छ । अहिले बागलुङमा २४५ जना सक्रिय संक्रमित रहेका छन् ।

    कोरोना संक्रमणदर घटेको भन्दै निशेधाज्ञा खुकुलो पारिएपछि संक्रमणसंगै संक्रमितको मृत्यु हुने संख्या बढ्न थालेको छ । 

    यो पनि पढ्नुहोस् 

    चीनबाट ल्याइएको कोरोना खोप क–कसले पाउँछन् ?

    काठमाडौं : चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।

    चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘खोप लगाउन ६० देखि ६४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा छन् । त्यसपछि ५५ देखि ६० वर्षकालाई र अन्य समूहलाई दिन्छौं । तर अन्य समूहबारे भने निर्णय भइसकेको छैन ।’

    उनले चीनबाट ल्याइएको खोप प्रदेशका भण्डारण स्थलमा पठाउन पनि तत्काल सुरु गरिने बताए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशहरुमा पठाउँछौं,’ उनले भने । खोपलाई निश्चित तापक्रममा राख्नु पर्ने हुन्छ । त्यसका लागि पर्याप्त ठाउँ नभएकाले चीनबाट आउनासाथै काठमाडौं उपत्यका बाहिर खोप पठाउन सुरु गरिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।

    नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने योजना रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

    भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।

    चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ । यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।

     

    सम्बन्धित समाचार