काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश 

काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश 

  • आषाढ २८, २०७८ सोमवार
  • १३:३६:२८ बजे
  • 4.5K
    SHARES
  • काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश 

    काठमाडौं :  सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

    सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

    संक्षप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५)  र  ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए ।


    ‘शेरबहादुर देउवासमेतका १४६ सांसदले गरेको दावी पुग्न नसक्ने भनि राष्ट्रपतिले गरेको निर्णय संवैधानिक भएको पाइएन । राष्ट्रपतिको निर्णय , संसद विघटन, सबै कामकारवाही उत्प्रेषणको आदेशले बदर गरिएको छ ।’

    सम्बन्धित समाचार