गलकोटमा मानिस आक्रमण गर्ने चितुवा मारियो 

गलकोटमा मानिस आक्रमण गर्ने चितुवा मारियो 

  • आषाढ २९, २०७८ मंगलवार
  • १८:४८:०८ बजे
  • 8.3K
    SHARES
  • गलकोटमा मानिस आक्रमण गर्ने चितुवा मारियो 
    फाइल तस्बिर

    बागलुङ : दिन दहाडै मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ । बागलुङको गलकोट नगरपालिका—८ काँडेवासका युवालाई आक्रमण गरी घाईते बनाएको चितुवा मंगलबार दिउँसो स्थानीयले आत्मसुरक्षाका लागि प्रतिकार गर्ने क्रममा मारिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

    मंगलबार बिहान १०ः४० बजेको समयमा गलकोट नगरपालिका—८ काँडेवासका ३७ वर्षीय रबिन दर्लामी चितुवाको आक्रमणमा परेर घाईते भएका थिए ।  उनी छिमेकीको ओम दत्तको खाली घरमा राखेको हलो लिन थाने क्रममा उक्त घरमा रहेको चितुवाको आक्रणबाट घाईते भएका हुन् । नेपाल प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले दिउँसो उक्त चितुवाको खोजी गर्ने क्रममा युवालाई आक्रमण गरेको स्थानदेखि ३ सय मिटर पर अलैचीको खोलाको जंगलमा पुनः मानिसलाई आक्रमण गर्दा स्थानीयले प्रतिकारका लागि ढुङ्गा मुढा गर्दा बुढो भाले जातिको चितुवा मारिएको प्रहरीले जानकारी दिएको छ ।

    बुढो भएकाले सिकार गर्न नसकी गाउँतर्फ प्रवेश गरेको हुनेसक्ने आशंका गरिउको छ । मृत चितुवाको प्रारम्भीक कार्य पूरा गरी वन कार्यालयको टोलीले व्यवस्थापन गरेको छ । 

     

     

     

     

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # मानिस आक्रमण
  • # चितुवा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार