बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ५ को धौरियाको भिरमा घाँस काट्ने क्रममा लडेर बिहुँका ईन्द्रबहादुर पुनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । बिहान साढे ८ बजेको समयमा घाँस काट्दै गर्दा भिरबाट लडेको पारीपट्टी सुनापोखरीका स्थानीयले देखेपछि उद्धार गर्दा गर्दै उनको मृत्यु भएको बताईएको छ ।
तीन पाँजा घाँस काटेर चौथो पाँजा घाँस काट्दै गर्दा लडेका उनको टाउको गम्भीर चोक लागेको बताईएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले भने घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिएको छ ।
यो पनि पढ्नुहो :
घरेलु मदिरा सेवनबाट बागलुङको गलकोटमा ४ जानको मृत्यु, २ गम्भीर
बागलुङको गलकोटमा घरेलु मदिरा सेवान गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले
मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताए ।
दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र
३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए ।उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए ।
त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ ।