पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

  • श्रावण ७, २०७८ बिहिवार
  • ११:३९:११ बजे
  • 3.8K
    SHARES
  • पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

    बाँके : बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।

     उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।


     बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो ।

    उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # पानी
  • # डुबेको
  • # शव फेला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार