ढोरपाटनमा एक व्यक्तिको शव फेला : शंकास्पद ३ जना पक्राउ

ढोरपाटनमा एक व्यक्तिको शव फेला : शंकास्पद ३ जना पक्राउ

  • भाद्र ८, २०७८ मंगलवार
  • १७:३२:४७ बजे
  • 6.9K
    SHARES
  • ढोरपाटनमा एक व्यक्तिको शव फेला : शंकास्पद ३ जना पक्राउ
    फाइल तस्बिर

    बागलुङ : गत भाद्र २ गतेदेखि घरबाट वेपत्ता बनेका ढोरपाटनका एक व्यक्तीको भूजी जँगलमा शव फेला परेको छ ।

     ढोरपाटन नगरपालिका—९ पल्लो भुँजी बस्ने ५१ वर्षीय छविलाल विकको शव घर नजिकैको जंगलमा स्थानीयले सोमबार ५ दिनपछि फेला पारेका हुन् । 

    धुपी सल्लाको फेदमा अड्किएको अवस्थामा टाउको र शरिरका विभिन्न अङ्गमा चोट सहित सोमबार स्थानीयले विकको शव फेला परेका थिए । शवको पोष्ट मार्टमका निम्ति बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । 

    घटनामा शंकास्पद स्थानीय ३ जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरिसकेको छ । 

    उनीहरुलाई थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए । 

    यो पनि पढ्नुहोस् 

    बालिकालाई बलात्कार गरी हत्या गर्ने पुरुष पक्राउ
     
    कास्की : कास्की प्रहरीले बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा घटना घटेको झन्डै १४ महिनापछि एक पुरुषलाई पक्राउ गरेको छ ।

    कास्कीको मादी गाउँपालिका  १०  मकै खोलाकी १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेको आरोपमा स्याङ्जा हरिनास–६ चालिसेका रामबहादुर थापा ‘मोटे’ भनेर चिनिने ४५ वर्षीय खड्कबहादुर खवासलाई प्रहरीले पक्राउ गरेको हो ।कम्मरमुनिको भाग नग्न रही सडे गलेको अवस्थामा २०७७ असार २५ गते मादी ११ मुखियशेर स्थित पाती घारीमा परियारको शव फेला परेको थियो ।

    असार १५ गते घरबाट निस्किएपछि बेखबर रहेकी कोपिलाको शव १० दिनपछि पाती घारीमा गाईबस्तु हेर्ने गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    लगत्तै प्रहरीले  शवको नमुना भिसेरा जाँच गर्ने, शंकास्पदहरुमाथि अनुसन्धान गर्ने लगायतका कार्य गरेको भए पनि  घटनाको वास्तविकता बाहिर ल्याउन सकेको थिएन । तर अहिले उति बेलै स्थानीयले हत्याको आरोप लगाएका खवासलाई प्रहरीले लामो अनुसन्धानपछि भदौ ६  गते स्याङ्जा पुतलिबजार–४ शिव मन्दिर चोकबाट पक्राउ गरेको  हो ।

    खवासलाई प्रहरीले उतिबेला पनि नियन्त्रणमा लिई सोधपुछ गरी छाडेको थियो ।

    सोमबार घटनाको बारेमा जानकारी गराउँदै  कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले पक्राउ परेका खवासले आफू एक्लैले

    बालिकालाई बलात्कार गरी सलले घाटी थिचेर हत्या गरेको स्वीकार गरेको बताउनुभयो। दुई वटा श्रीमतीका श्रीमान् रहेका खवासले घटना घट्नुभन्दा एक महिना अघिदेखि कोपिलासँग

    शारीरिक सम्बन्ध राख्दै आएकोमा कोपिलाले आफूलाई सँगै राख्न भनेपछि हत्या गरेको खुल्न आएको एसपी थापाले उल्लेख गर्नुभयो । एसपी थापाका अनुसार बाबु आमाको सम्बन्ध बिग्रिएका कारण मामाघरका  हजुरबा हजुरआमासँग बस्दै आएकी र मानसिक अवस्थाले पनि केही कमजोर रहेकी कोपिलालाई खवासले एकान्तमा लगेर सहजरुपमा शारीरिक सम्बन्ध राख्दै आएका थिए ।

    पक्राउ परेका खवास उपर ज्यान सम्बन्धी कसुर, करणी सम्बन्धी कसुर र मुलुकी अपराध सम्बन्धीका कसुर उपर कारबाही प्रक्रिया अघि बढाइने  एसपी थापाले जनाए ।

     

  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • # शव फेला
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार