दुई बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

दुई बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

  • श्रावण ९, २०७८ शनिवार
  • १६:५१:३३ बजे
  • 2.4K
    SHARES
  • दुई बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

    भक्तपुर : ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । राजबागलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।


    सोही नगरपालिका–९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार