बागलुङ : प्रहरीले जिल्लाको तमानखोला गाउँपालिकाबाट २२ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
आईतबार प्रहरीचौकी बोङ्गादोभानबाट गस्तीमा गएको प्रहरी टोलीले तमानखोला गाउँपालिका—४ को लाममेला र तमानखोला—३ का मार्केखोलाबाट गरी २२ नाल एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीको कमाण्डमा गएको तीन जनाको प्रहरी टोलीले तमानखोला गाउँपालिका—४ लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १२ नाल बरामद गरेको हो ।
त्यस्तै तमानखाला गाउँपालिका—३ को मार्केखोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल गरी जम्मा २२ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इकबाल हवारीले बताए ।
बोङ्गादोभान प्रहरीचौकी भन्दा १६ किलाकिटर पूर्व पर्ने स्थानबाट ती बन्दुकहरु फेला परेको र कस्ले किन राखेको भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
यो पनि पढ्नुहोस्
भ्रुण हत्या आरोपमा बागलुङ जैमिनीका देवर भाउजु विरुद्ध मुद्दा
बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले भ्रुण हत्याको आरोपमा बागलुङ जैमिनी नगरपालिका—१० राङ्खानीका देवर भाउजु विरुद्ध मुद्दा चलाएको छ ।
गत साउन ३ गते घर नजिकै जमिनमा गाडिएको अवस्थामा चार महिनाको भ्रुण शिशुको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले २६ वर्षीया सम्झना नेपालीलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा सम्झना नेपाली र र गाउँकै देवर नाता पर्ने ३१ वर्षे लालबहादुर सार्कीको संलग्नता देखिएकाले उनीहरु विरुद्ध भ्रुण हत्या आरोमा जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी इकबाल हवारीले जानकारी दिए ।
जैमिनी नगरपालिका–१० राङखानीमा ४ महिनाको मानिसको भ्रुण हत्या गरिएको अवस्थामा साउन ३ गते भेटिएको थियो । पुरुषजस्तो देखिने भ्रुणलाई रातो टालोमा बेरिएर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको थियो ।
ईलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी सहायक निरीक्षक अमृत कुँवरको कमाण्डमा गएको पाँच जनाको प्रहरी टोलीले भ्रुण फेला पारेको हो । भ्रुण हत्या गरी फालिएको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
राङखानीकी २६ वर्षीया महिला सम्झना नेपालीकोे घरदेखि करिब ५० मिटर पूर्वमा उनकै बारीमा गाडिएको अवस्थामा भेटिएको थियो । सम्झनाका श्रीमान विगत तीन वर्षदेखि प्रवासमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ । पक्राऊ परेका दुवैजनालाई म्याद थप गरी थुनामा राखिएको छ ।
श्रीमान विदेश भएपछि अर्कै युवकसंग नाजायक सम्बन्धका कारण गर्भधारण भएपछि चार महिनाको भ्रुण हत्या गरी फालेको प्रहरीले बताएको छ ।