म्याग्दी : म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका—७ ताकमबाट बेनी बजार आउँदै गरेको जीप दरबाङ धारापानी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
ताकमदेखि बेनी आउने क्रममा विहान १० बजेको समयमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार धवलागिरि गाउँपालिका–७,का २७ वर्षीय विकास सुनारको मृत्यु ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी बताए । मृतक सुनारको शव करिब तीन सय तल भेटिएको थियो ।
उनका अनुसार चालक सहित जीपमा ९ जना सवार थिए । चालकको टाउको र छातीमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइते चालकको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल सल्लाको रुखमा अडिएको अवस्थामा भेटिएको बताईएको छ ।