नेपाली काँग्रेस बागलुङद्वारा मन्त्री शर्मालाई सम्मान  

नेपाली काँग्रेस बागलुङद्वारा मन्त्री शर्मालाई सम्मान  

  • श्रावण १६, २०७८ शनिवार
  • १९:२९:४१ बजे
  • 3.0K
    SHARES
  • नेपाली काँग्रेस बागलुङद्वारा मन्त्री शर्मालाई सम्मान  

    बागलुङ : गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मणीभद्र शर्मा कंडेलले आफ्नो पार्टी नेपाली काँग्रेसका शिर उचो हुने गरी काम गर्ने बताएका छन ।

    नेपाली काँग्रेस बागलुङले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कंडेलले सो कुरा बताएका हुन । उनले जिल्लाको पर्यटन क्षेत्रको विकासका निम्ती पार्टीका तल्लो तहका नेता तथा कार्यकर्ताको समन्वयमा आफुले काम गर्ने बताएका हुन । कंडेलले उद्योग र पर्यटन क्षेत्रको विकासका निम्ती सवै तह सँग सहकार्य गर्ने बताए । कंडेलले आफु धेरै नेता तथा कार्यकर्ताको योगदानका कारण यो ठाउँमा पुगेको भन्दै कार्यकर्ता प्रति आफु सधै ऋणी भएको बताए । 

    ‘तपाई सवैको मायाँले आज यो ठाउँमा पुगेको छु मन्त्री कंडेलले भने, म तपाईहरुकै हितका निम्ती काम गर्नेछु । काम गर्ने क्रममा तलमाथी हुन सक्छ समय समयमा सल्लाह र सुझाव दिनुहोला ।’

    उनले अहिलेको गठबन्धनको सरकार आगामी निर्वाचन सम्म जाने हुँदा जिल्लामा गठबन्धन समुह सँग सहकार्य गरेर अगाडी बढ्न कार्यकर्तालाई आग्रह गरे । 

    कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति गोविन्द प्रसाद शर्मा कंडेल, पुर्व राज्यमन्त्री चम्पादेवी खड्का लगायतले बोलेका थिए । मन्त्री कंडेललाई काँग्रेस कार्यकर्ताले बधाई दिँदै कार्यकर्ताको सल्लाह सुझाव अनुसार चल्नका लागि सुझाएका थिए । 

    कार्यक्रम नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता, सचिव चित्रबहादुर कार्कीको स्वागत र सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।    

    सम्बन्धित समाचार