धोकेबाज श्रीमान

बैगुनी श्रीमान, कमाएको सबै पैसा लियो र धोका दियो !

बैगुनी श्रीमान, कमाएको सबै पैसा लियो र धोका दियो !

  • पौष ८, २०७७ बुधवार
  • २०:४६:३० बजे
  • 8.8K
    SHARES
  • बैगुनी श्रीमान, कमाएको सबै पैसा लियो र धोका दियो !

    बागलुङ : जिल्लाको बागलुङको बागलुङ नगरपालिका—१४ 

    नारायणस्थानकी सरिता सुवेदीले जैमिनी नगरपालिका—१ टुनीबोटका प्रेम पौडलसंग विवाह गरिन् । 

    २०६७ साल जेठ २१ गते प्रेमले

    सरिताको माईतीको आगन पोलेर उनलाई आफ्नो बनाएका थिए । अग्नी साक्षी राखेर सात फेरो लगाए अनि एक जुनी मात्रै होईन सात जुनीसंगै बाँच्ने संगै मर्ने बाचा गरे ।

     उनीहरुको संसर्गबाट एउटा सन्तानको जायजन्म पनि भयो । उनीहरुको प्रेमको निशानी अहिले ८ वर्षको पुगेका छन् । दाम्पत्य जीवन सामान्य अवस्थामा चल्दै थियो ।यो बीचमा प्रेम वैदेशिक रोजगारीका लागि कतार पनि गए ।

     कतारबाट फर्केपछि २०७० सालमा प्रेम जापान गए । जापान गएपछि पनि उनीहरुको सम्बन्ध राम्रै चल्यो । प्रेमले सरितालाई डिपेनडेन्डमा भिसामा जापान लैजाने तयारी गरे । सन् २०१९ को नोभेम्बर २४ मा सरिता जापान पुगिन् ।

    sarita 1.jpg

     उनी जापान पुग्दा नै गाँईगुँई श्रीमानको बारेमा अर्कै खबर सुनिन् । बाहिरी मानिसहरुले नहुने हल्ला गरेका होलान् भनेर वेवास्ता गरिन् ।

    एक दिन ड्युटी गएर फर्केकी सरिताले कोठामा आफ्नै कोठामा श्रीमानलाई परस्त्रीको बाहुमा बाँधिएको भेटिन् । उनी जापान पुग्दा चलेको हल्ला साँच्चिकै भएको पत्तो लाग्यो । त्यस दिनदेखि दाम्पत्य जीवनमा खटपट पर्न थाल्यो ।

     दाम्पत्य जीवनलाई जोगाउन सरिताले अनेक कोसिस पनि नगरेकी होईनन् । प्रेमको लसपस भएको महिला पनि विवाहिता थिईन् । सरिताले उनको श्रीमानसंग पनि कुरा गरिन् । सकेसम्म गुपचुप समस्या समाधान होस् भन्ने उनको चाहाना थियो । 

    तर सोचे जस्तो हुन सकेन । प्रेमले ती व्यक्तिको सामु सरितालाई मानसिक सन्तुलन ठिक नभएको भनेर करार गरिदिए ।

    ‘मैले यो समस्या सहज समाधान होस् आफै भित्र कुरा मिलाऔं भनेर ती महिलाको श्रीमानलाई भने,’सरिताले विगत सम्झिईन्,‘तर मेरो श्रीमानले उसले मानसिक समस्याको औषधी खाईरहेकी थिई । औषधी खान छुटेको बेला त्यस्तो भनेको होला भन्दिनुभएछ ।’

     त्यसपछि श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर रुपमा अगाडी बढ्न सकेन । प्रेम आफ्नै कोठामा कहिलेकाँही मात्रै आउन थाले । 

    ‘म एक्लै कोठामा बसें उहाँ त कहिले १५ दिनमा आउनुहुन्थ्यो, कहिले अझ बढि दिन लगाउनुहुन्थ्यो,’ सरिता भन्छिन् । सरिताले काम गरेर तलब बुझेको बखत प्रेम कोठामा आउँथे र पैसा मागेर लिएर जान्थे ।

    पैसा नदिए हातपात गर्थे । ‘मैले दुई वर्षसम्म कमाएको पैसा एक रुपैयाँ नराखी उहाँलाई नै दिएँ,’ उनी भन्छिन्,‘नदिएपछि हातपात गर्थे, पैसा दिएपछि मात्रै पित्न छोड्ने नभए कुटपिट गर्ने भएपछि बाध्यताले गर्दा सबै पैसा दिन्थे ।’

     दुई वर्षसम्म आफुले कमाएको ७१ लाख रुपैयाँ सबै प्रेमलाई बुझाएको उनको भनाई छ । ‘मैले महिनामा तीन लाख भन्दा बढि कमाउँथे त्यो सबै नदिएसम्म मलाई सुखै हुन्थेन,’ उनले भनिन् ।

     घटनाक्रमले त्यतिबेला क्लाईमेक्सको रुप लियो जब सरिताको डिपेनडेन्टको दुई वर्षे भिसा सकियो । उनका श्रीमानले भिसा नविकरण गरिदिएनन् ।

    डिपेनडेन्ट भिषा भएका कारण श्रीमानले नविकरण नगरिदिएपछि उनलाई समस्या प-यो । एकवर्षसम्म उनले शरणार्थी भिसा अप्लाई गरेर बसिन् । डिपेनडेन्टमा गएका कारण जापान सरकारले उनलाई शरणार्थी भिसा दिएन ।

     एक दुई महिनाको भिसा त दिएको थियो तर काम गर्ने अनुमति नभएपछि जापान बसिराख्ने अवस्था रहेन । भिसा रिन्यु गर्ने काम अगाडी नबढेपछि उनी विगत एकवर्ष देखि विभीन्न ठाउँमा आफन्तहरुकोमा बस्दै आएकी थिईन् ।

    उनले यस विषयमा जापानमा क्रियाशील सामाजिक संघ संस्थासंग कुरा राखिन् । एनआरएन जापान र बलेवा सेवा समाज जापानको पहलमा प्रेम छलफलमा उपस्थीत भए ।

     उनले सबैका सामु आफ्नो गल्ती स्वीकार गर्दै सरिताको भिसा नविकरण गर्ने र कोठामा बसेको र खाएको खर्च कटाएर ७१ लाखमध्ये ४० लाख रुपैयाँ सरितालाई दिने बचन बद्धता गरे ।

     दुबै जना नेपाल फर्केपछि भिजा नविकरण पनि गरिदिने र पैसा पनि दिने भनेर प्रेमले सरितालाई गत मंसिर १३ गते नेपाल लिएर आए । जापानमा सबैका सामु दिएको बचन भुलेर नेपाल आउँदा साथ प्रेमको रबैया बदलियो ।
     उनले अब मेरो पछि नलाग भन्न थाले ।

    sarita 2.jpg

    १३ गते बागलुङ आएका उनीहरु मंसिर २३ गतेसम्म बागलुङ बजारको भेटघाट होटलमा दुई छुट्टा छुट्टै कोठा लिएर क्वारेनटाईनमा बसे ।

    १४ दिने क्वारेनटाईन पूरा गरेर घर जाने र सबै समस्या समाधान गर्ने सरिताले सपना बुन्दै गर्दा प्रेम एकाएक वेपत्ता भए । उनी अहिलेसम्म पनि सरिताको सम्पर्कमा आएका छैनन् । घरमा पनि गएका छैनन् । 

    कमाएको सबै रकम कुम्ल्याएका श्रीमान एकाएक भागेपछि सरिता घरमा त गईन् तर तर परिवारले पनि उनलाई सहज वाताबरण दिएन । स्थानीय जनप्रतिनिधि र प्रहरीको सहायताले पुरानो घरमा बस्न त दियो तर घर बस्न योग्य थिएन ।

     परिवारको व्यवहार पनि राम्रो नभएपछि उनले यहाँका महिला अधिकारकर्मी र प्रहरीको सहायता लिन पुगिन् ।

    अहिले उनले श्रीमानको खोजी गरिपाउँ भनि जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दर्ता गरेकी छिन् । ‘मैले उसलाई छोडपत्र त दिन्न, खोजी गरेर ल्याईदिएपछि जापानमा गरिएको सहमति अनुसार काम होस् भन्ने मेरो चाहा छ,’ उनले पत्रकारसंगको भेटमा भनिन्,‘प्रहरीले खोजिरहेको छ तर भेटिएको छैन ।’

     वैदेशिक रोजगारी नेपाललाई धेरै चिज दिएको छ । त्यसमा यस खालको पारिवारिक विखण्डन पनि दिएको छ ।

    यस खालका घटनाहरुमा पुरुष विदेशमा हुँदा महिलाले धनसम्पत्ती कुम्ल्याएर हिँडेको भन्ने सुनिन्छ । तर सरिताको सवालमा ठ्याक्कै उल्टो भयो । बागलुङबाट भागेपछि प्रेमले जापानमा वकिललाई सरिताको भिसा रिन्युका लागि प्रक्रिया अगाडी नबढाउन भनेर फोन गरेको जानकारी पाएको बताईन् ।

     न्यायको खोजी गर्दै प्रहरीको ढोका ढकढक्याउन आईपुगेकी सरिताको अचेल कहिले प्रहरी कार्यालय त कहिले महिला अधिकारकर्मीहरुसंग, कहिले पत्रकारसंग आफ्नो जीवनकथाको बेलिविस्तार सुनाउँदै बित्ने गरेको छ ।

    सात जुनी संगै बाच्ने मर्ने भनेर सात अग्नी साक्षी राखेर सात फेरो लगाएको श्रीमान बैगुनी निस्कीएपछि सरिताको जीवनमा उमङ्ग आउन छोडेको छ । 

    छोरोको भविष्यको चिन्ताले सताउन थालेको । 

    Prem.jpg

    सरिताका श्रीमान प्रेम पौडेल जो अहिले सम्पर्क बिहीन छन् । 

    सम्बन्धित समाचार