यी हुन् विश्वकै धनी मानिस

यी हुन् विश्वकै धनी मानिस

  • श्रावण २२, २०७८ शुक्रवार
  • १९:४३:१२ बजे
  • 2.7K
    SHARES
  • यी हुन् विश्वकै धनी मानिस

    काठमाडौं : फेसन कम्पनी लुइस भ्यूटनका मालिक बर्नाड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । फोर्ब्स म्यागजिनको रियल टाइम अर्बपतिको सूचीमा आर्नल्डले शुक्रबार अमेजन मालिक जेफ बेजोसलाई पनि उछिनेका छन् ।


    विश्वका धनाढ्यको सूची राख्ने फोर्ब्स म्यागजिनको सूची परिवर्तन भइरहन्छ । फ्रान्सका ७२ वर्षिय आर्नल्ट लुइस भ्यूटन र सेफोरासहित ७० वटा ब्रान्डका मालिका हुन् । अर्नाल्टको सम्पत्ति १९८.२ बिलियन डलर पुगेको छ ।

    ५७ वर्षे जेफ बेजोसको सम्पत्ति चाहिँ १९४.९ बिलियन डलर छ । इलोन मस्क १८५.५ बिलियन डलरसहित तेस्रो र बिल गेट्स १३२ बिलियन डलरसहित चौंथो स्थानमा छन् ।

  • सम्बन्धित विषय:

  • # विश्वकै धनी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार