बागलुङ निसीखोलाको देविस्थान माविमा अनलाइन कक्षा सञ्चालन 

बागलुङ निसीखोलाको देविस्थान माविमा अनलाइन कक्षा सञ्चालन 

  • श्रावण २४, २०७८ आइतवार
  • १४:०६:०६ बजे
  • 5.2K
    SHARES
  • बागलुङ निसीखोलाको देविस्थान माविमा अनलाइन कक्षा सञ्चालन 

    नवराज परियार 

    बागलुङ :  जिल्लाको निसीखोला गाउँपालिका—१ मा रहेको देविस्थान माध्यमिक विद्यालयले पालिकामै पहिलो अनलाइन कक्षा सन्चालन गर्न थालेको छ ।

    लामो समय कोरोना भाइरसको  कारणले गर्दा विद्यार्थीहरु पढ्नबाट बन्चित भएको बेला अनलाइन कक्षाले विद्यार्थीहरुलाई  केही सहज बनाउने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले बताए ।  कक्षा १० मा अध्ययनरत ५१ जना विद्यार्थीलाई आईतबारदेखि अनलाईन कक्षा मार्फत पढाउन थालिएको हो ।

    लगत्तै दोस्रो चरणमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराउने प्रधानाध्यापक क्षेत्री बताए ।

    अनलाइन कक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने र हाल कक्षा १ देखि ३ सम्मका शिक्षकहरुलाइ एकीकृत पाठ्यक्रम कार्यान्वयनका लागि तालिम

    भैरहेको र यस अनलाइन कक्षालाई पुर्ण  बनाउन सबै शिक्षकलाइ एक शिक्षक एक ल्यापटप उपलब्ध गराइ एक हप्ताको आधारभुत तालिम समेत दिईएको थियो । 

    सम्बन्धित समाचार