पाँच वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै ७२ वर्षीय वृद्ध पक्राउ

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै ७२ वर्षीय वृद्ध पक्राउ

  • श्रावण २५, २०७८ सोमवार
  • २०:१५:०१ बजे
  • 3.8K
    SHARES
  • पाँच वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै ७२ वर्षीय वृद्ध पक्राउ

    गोरखा : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षीय लेखनाथ खनाल पक्राउ परेका छन्।

    मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरिएको डिएसपी प्रकाश दाहालले बताए। पीडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन्। 

    प्रहरीले साउन २४ गते उनलाई पक्राउ गरेको थियो। सोमबार गोरखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार