बागलुङका कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पताल पुगे

बागलुङका कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पताल पुगे

  • श्रावण २६, २०७८ मंगलवार
  • १२:५२:३४ बजे
  • 6.0K
    SHARES
  • बागलुङका कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पताल पुगे

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    नेता केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड सोमबार साँझ थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन् । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पनि कुरा गरेको अस्पतालले जनाएको छ ।

     


    माओवादी केन्द्रका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि केही दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातीमा समेत सामान्य समस्या देखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित समाचार