हिसाब सार्वजनिक 

बागलुङ महोत्सवको हिसाब किताब सार्वजनिक, चार वटा कोषमा रकम 

बागलुङ महोत्सवको हिसाब किताब सार्वजनिक, चार वटा कोषमा रकम 

  • पौष ९, २०७७ बिहिवार
  • २१:५९:३७ बजे
  • 5.9K
    SHARES
  • बागलुङ महोत्सवको हिसाब किताब सार्वजनिक, चार वटा कोषमा रकम 

    बागलुङ : बागलुङ उद्योग वाणिज्य संघले महोत्सव गरेको एक वर्षपछि हिसाब किताब सार्वजनिक गरेको छ ।

    उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा गत वर्षको पुसमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला  तथा बागलुङ महोत्सवको हिसाब किताब सार्वजनिक गरेको हो ।

     उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष र कोषाध्यक्षले हस्ताक्षर गरी प्रेस विज्ञप्ती मार्फत हिसाब सार्वजनिक गरिएको हो ।

     गतवर्ष पुस ११ देखि २१ गतेसम्म उद्योग वाणिज्य संघले महोत्सव गरेको थियो । संघले जारी गरेको विज्ञप्तीमा एक करोड १६ लाख ६९ हजार ३ सय ९५ रुपैयाँ कुल आम्दानी गरेका उल्लेख गरिएको छ । आम्दानीमध्ये  ९४ लाख २२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको छ । महोत्सवमा २२ लाख ४६ हजार आठ सय २२ रुपैयाँ बचत भएको छ । 

    उक्त रकमबाट उद्योग वाणिज्य संघले चार वटा कोषमा रकम जम्मा गरेको छ । आर्थिक विषयमा खोज मुलक पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्नका लागि दुइ लाख २२ हजार दुई सय २२ रुपैयाँको उद्योग वाणिज्य संघ बागलुङ आर्थिक पत्रकारिता कोष स्थापना गरिएको छ ।

     धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति सहयोगका लागि ५ लाखको अक्षयकोष स्थापना, ५ लाख रुपैयाँको व्यवसायी उद्यमी कल्याणकारी कोष तथा उद्योग वाणिज्य संघको मूल अक्षय कोषमा ४ लाख रुपैयाँ राखिएको जनाईएको छ । 

    महोत्सव भएको एक वर्ष बित्दा पनि एक लाख ७५ हजार रुपैयाँको अझै उठ्न बाँकी छ । 

    Baglung 11.jpg

    Baglung 22.jpg

     

    सम्बन्धित समाचार