कोरोनाको तेस्रो लहरबाट जोगिन पूर्व तयारीमा छौं :मन्त्री अधिकारी

कोरोनाको तेस्रो लहरबाट जोगिन पूर्व तयारीमा छौं :मन्त्री अधिकारी

  • श्रावण २६, २०७८ मंगलवार
  • १९:१२:०७ बजे
  • 2.5K
    SHARES
  • कोरोनाको तेस्रो लहरबाट जोगिन पूर्व तयारीमा छौं :मन्त्री अधिकारी

    बागलुङ : गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमायाँ अधिकारी गुरुङले आगामी असोज सम्म गण्डकीका सवै नागरिकलाई कोरोना विरुद्धको खोप लगाईने बताएकी छन । 

    प्रेस संगठन नेपाल बागलुङ शाखाले मंगलबार बागलुङ सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आउँदो असोज सम्म १८ वर्ष माथिका ८० प्रतिशत नागरिकलाई खोप लगाई सकिने बताएकी हुन । उनले संघिय सरकारबाट खोप उपलब्ध हुने र प्रदेश सरकारले व्यवस्थापन गरेर सवै जिल्लाका नागरिकलाई खोप पु¥याउने बताईन । मन्त्री अधिकारीले खोपलाई उमेर समुहका आधारमा व्यवस्थित गरिने समेत जानकारी दिईन । 

    कोरोनाको तेस्रो लहरलाई लक्षित गरेर प्रदेश सरकारले सवै अस्पतालहरुमा रहेका आईसोलेशन सेन्टरहरुलाई थप व्यवस्थापन गर्न आग्रह गरेको बताईन ।

    ‘तेस्रो भेरियन्ट सुरु हुने र बालबच्चाहरुमा केन्द्रित हुने विशेषज्ञहरुले बताएका छन ।, मन्त्री अधिकारीले भनिन् – ‘बालबालिकालाई कोरोनाबाट जोगाउन यस अघि नै सवै अस्पतालमा आईशोलेशन तयार गर्न भनिसकेका छौ । तेस्रो लहरबाट सजग हुनका लागि गण्डकी प्रदेश सरकार पूर्व तयारीमा लागेको छ । बालबालिकाका लागि लक्षित गरेर अस्पतालहरुमा चार वटा एनआइसियु बेड हुनुपर्छ भनेर भनेका छौं’

    मन्त्री अधिकारीले गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताईन ।

    ‘प्रदेश सरकारले कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेका छ,’ मन्त्री अधिकारीले भनिन्–‘कोभिडबाट मृत्यु भएका परिवारका आश्रित बालबच्चाहरुलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय पनि गरेका छौं । उक्त रकम कति समयसम्म दिने भन्ने कार्यविधि बन्दै छ ।’ उनले प्रदेश सरकारले यस्तो अवस्था नओस भनेर पहिलो प्राथमिकता नै कोभिड नियन्त्रणका लागि राखेको बताईन । 

    उनले स्वास्थ्य क्षेत्रमा विकृति र विसंगति रहेको भन्दै त्यसलाई अन्त्य गर्न लागि परेको बताईन ।  प्रदेश सरकारले सहिद, बेपत्ता, घाईते, अपाङ्गहरुलाई निःशुल्क उपचार गराउने गरेको जानकारी दिईन ।

    मन्त्री अधिकारीले धौलागिरी अस्पताल विगतको तुलनामा धेरै विकसित भएको र दरबन्दी अनुसारका डाक्टरहरु ल्याउनका लागि प्रदेश सरकारले पहल थाल्ने बताईन । अस्पतालको भवन निर्माणको काम पनि निर्माण कम्पनीले ढिला गरेको विषयमा प्रदेश सरकार निर्माण कम्पनीलाई बोलाएर  किन ढिला भयो त्यसको बारेमा सोधखोज गर्ने बताईन । 


    मन्त्री अधिकारीले पछिल्लो राजनितिक गतिविधिका बारेमा बोल्दै केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा निराशा पैदा गरेको बताईन । जनता देशमा समृद्धि आउँछ भन्ने उत्साहमा थिए तर अहिले निराशामा पुगे उनले भनिन् । उनले केपी ओलीले ल्याएको निराशालाई अदालतले पुनःस्थापना गराएर पुन आशामा फर्काईदिए ।

    मन्त्री अधिकारीले विचार मिल्ने भन्दा एजेण्डा मिल्नेहरु सँग गठबन्धन बाँधिएको यसलाई चुनौतीको रुपमा नलिइ अवसरको रुपमा लिएर प्रदेशको विकासका निम्ती अगाडी बढ्ने बताईन । 

    कार्यक्रम प्रेस संगठन नेपाल बागलुङका सचिव अनिश खातीको अध्यक्षता पुर्व अध्यक्ष एवं सल्लाहकार राम थापाको स्वागत र सदस्य सञ्जनकुमार सिंहको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोमबार बागलुङ आएकी मन्त्री अधिकारीले जिल्लामा कोरोनाको बारेमा बुझनुका साथै धौलागिरी अस्पतालमा पुगेर कोरोना संक्रमितको स्वास्थ्य अवस्था बारे समेत जानकारी लिएकी थिईन ।

    मंगलबार नै जिल्लामा गठबन्धनका नेता तथा कार्यकर्ता र नेकपा माओबादी केन्द्रका कार्यकर्ता सँग भेटघाट गरेकी थिईन । 

    सम्बन्धित समाचार