चोरी 

बागलुङमा चोरी गरेर भागेको मोटरसाईकल दुर्घटनामा परेपछि ...

बागलुङमा चोरी गरेर भागेको मोटरसाईकल दुर्घटनामा परेपछि ...

  • श्रावण २७, २०७८ बुधवार
  • १९:३५:०८ बजे
  • 18.1K
    SHARES
  • बागलुङमा चोरी गरेर भागेको मोटरसाईकल दुर्घटनामा परेपछि ...

    बागलुङ : बागलुङ बजारबाट मोटरसाईकल चोरी गरेर भागेको एक युवा पक्राउ परेका छन । बागलुङ नगरपालिका–२ हल्लनचोकमा रहेको केपी ईलोक्टोनिक्सको भित्री गल्लीमा पार्किङ गरेको मोटरसाईकल मंगलबार राती चोरी गरेर भाग्ने क्रममा उनि दुर्घटना समेत परेका छन । 

    जैमिनी नगरपालिका–१ कुश्मिसेरा सिरुबारी घर भै बानपा २ बस्ने  १९ बर्षिय टेकबहादुर बोहोरा  मोटरसाईकल चोरेर भागेको र दुर्घटना परे पछि अस्पताल गएपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक बिराट पौडेलले जानकारी दिए । रातको समयमा पसलको भित्रपट्टीको पर्खाल नाघेर हेलमेट र चापी सहित निकाली ध.१.प.७९६९ नम्बरको आरटिआर २०० सिसीको अपाचे मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ ।

     मोटरसाईकल इलोक्टोनिक्स पसलका सञ्चालक गोविन्द बहादुर पौडेल गोपालको रहेको छ । मोटरसाईकल चोरी गरेर भागेका बोहोरा बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा रहेको एनआईसी एसिया बैंक नजिकै दुर्घटना भएर टाउकोमा चोट लागेको प्रनि पौडेलले बताए ।

     ‘रातको समयमा मोटरसाईकल चोरेर भागेपछि दुर्घटना भएको रहेछ । उनले भने,–‘ चालकको लाईसेन्स पनि रैनछ, दुर्घटना भए पछि टेकबहादुर घरमा पुगेछन घरबाट आमाले राती नै धौलागिरी अस्पताल लगेर उपचार गराएकी रहेछिन । अनुहारमा चोट लागेका कारण थप उपचारका लागि पोखरा गएका छन । मोटरसाईकल चोरी गरेर दुर्घटना भएका युवालाई उपचार पश्चात अनुसन्धानको प्रक्रिया अगाडी बढाउने गरी उनकै आमाको जिम्मा लगाएर थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

     चोरी गरेको मोटरसाईकलको अगाडीको भाग कुच्चिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । मजदुरी गदै आएका टेकबहादुरले आफुले मोटरसाईकल  नचालाएको र दाजु पर्ने सारु मगरले चलाएको बयान दिए पनि सँगै रहेका दाजु भने फरार रहेका छन ।

    केही दिन पहिले बानपा १ रामरेखाबाट पनि एक स्कुटर चोरी भएको र हाल सम्म पत्ता लाग्न सकिरहेको छैन । 

     

    सम्बन्धित समाचार