बागलुङ : संकल्प बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आठौँ साधारणसभा तथा अधिवेसन सम्पन्न भएको छ ।
अधिवेशनले रेशमबहादुर आलेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जीवन काउचा, सचिव रिमबहादुर पुन, सहसचिव किशोर छन्त्याल र कोषाध्यक्षमा शर्मिला रोका चयन भएका छन ।
सञ्चाल समिति सदस्यमा हरिकला थापा, मन बहादुर थापा, ईन्द्र बहादुर थापा र मनबहादुर पुन चयन भए ।अधिवेसनले लेखा समितिको संयोजकमा भोजेन्द्र थापा र सदयमा शोभा काउचा र भगवान थापालाई चयन गरेको छ ।
साधारणसभा तथा अधिवेसनको उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिका—१ पालाका वडाध्यक्ष खडक थापा, सहकारीका ज्येष्ठ सेयर सदस्य शिवलाल फगामी, लखन बहुउद्देश्यीय सहकारी सस्थाका सचिव गगन पुन,
ताराखोला गाउँपालिकाका स्वास्थ ईकाई प्रमुख उदित थापा, सहकारीको निर्वाचन समिति सदस्य कुल घर्ती लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा सस्थाको प्रगति प्रतिवेदन सचिब रेशम बहादुर आले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन काउचा र लेखा प्रतिवेदन लेखा समिति सदस्य रिम बहादुर पुनले प्रस्तुत गरे ।
सहकारीका अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष ओम बहादुर थापाको स्वागत र सचिव, रेशम आले र सहसचिव शोभा काउचाले सञ्चालन गरेका थिए गरेका थिए ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा कुल कारोबार ८२ करोड २ लाख १७ हजार २ सय ५४ गरेको छ । निक्षेप संकलन १० करोड ८७ लाख ६० हजार ४ सय ७५ गरेको छ ।