मेगा बैंकको मूनाफा ४५ प्रतिशतले बढ्यो

मेगा बैंकको मूनाफा ४५ प्रतिशतले बढ्यो

  • श्रावण २९, २०७८ शुक्रवार
  • १३:३०:०५ बजे
  • 2.7K
    SHARES
  • मेगा बैंकको मूनाफा ४५ प्रतिशतले बढ्यो

    काठमाडौं : मेगा बैंकले गत आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ३० करोड रुपैयाँ खुद मूनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको हो ।

    अघघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ५८ करोड रुपैयाँमात्रै कमाएको थियो । १४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको वितरण योग्य नाफा १ अर्ब ५१ करोड गरेको छ । बैंकको १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ ।

    बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # मेगा बैंक
  • # मूनाफा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार