बागलुङको बडिगाडमा करेन्ट लागेर २२ वर्षीय युवाको मृत्यु

बागलुङको बडिगाडमा करेन्ट लागेर २२ वर्षीय युवाको मृत्यु

  • श्रावण ३१, २०७८ आइतवार
  • १८:१६:१५ बजे
  • 3.8K
    SHARES
  • बागलुङको बडिगाडमा करेन्ट लागेर २२ वर्षीय युवाको मृत्यु

    बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका—५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीक कार्यालय बागलुङका प्रहरी निरीक्षक  विजय भण्डारीले जानकारी दिए । सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए ।

    मृतक पाईजाका श्रीमती र १८ महिनाकी छोरी रहेको बताईएको छ । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ग्वालीचौर प्रहरी चौकीबाट प्रहरीले टोली पुगेको थियो ।

    उनको शव पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । दिउँसो २ः२० बजेको समयमा करेन्ट लागेको प्रहरीले जनाएको छ । 

    यो पनि पढ्नुहोस् 

    अफगानिस्तानमा तालिवानको नालीबेली

    काठमाडौं । दक्षिण एसियाली देश अफगानिस्तानमा अहिले विद्रोही समुह तालिवानको दबदबा बढेको छ । राजधानी काबुलबाहेकका धेरै महत्वपूर्ण सहरहरुमा तालिवानले कब्जा गरिसकेका छन् भने काबुलमा पनि उनीहरुको प्रवेश भएको छ ।


    सन् २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पालाबाट सुरु भएको अमेरिका–अफगानिस्तान युद्ध सबैभन्दा लामो हो । बुसपछि ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसम्म उक्त युद्ध प्रकरण लम्बिएको छ ।

    डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय गरेका थिए । तर त्यसो भएन । ट्रम्पलाई हराएर राष्ट्रपति भएका जो बाइडेनले सेप्टेम्बर ११ भित्र सबै अमेरिकी फौजलाई अफगानिस्तानबाट फिर्ता ल्याउने घोषणा गरे । उनले सेप्टेम्बर ११ नै तोक्नुको उद्देश्य सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्वीन टावरमा अलकायदाले हमला गरेको दिन पार्नु थियो ।


    त्यसपछि अफगानिस्तानबाट अमेरिकी सेना बाहिरियो । युरोपेली सैन्य गठबन्धन न्याटोका सैनिकहरु पनि फिर्ता भए । त्यसपछि अफगानिस्तानमा तालिवानको चहलपहल बढिरहेको छ । र, अहिले दिनानुदिन अफगानिस्तानका ठूला सहर र प्रान्तीय राजधानीहरु कब्जा गरेको समाचार आइरहेका छन् । राजधानी काबुल नजिकै तालिवान पुगेको सूचना छ ।

    यसबीच धेरैलाई तालिवान को हुन्, के हुन् लगायत जिज्ञासा जागेको छ । हामी १२ वटा प्रश्नोत्तरमार्फत यस्तो जिज्ञासाको समाधान गर्ने प्रयास गर्दैछौं ।

    १. के हो तालिवानको अर्थ ?

    तालिवानको अर्थ र उनीहरुको व्यवहारबीच आकाश–जमिनको अन्तर छ । तालिवान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीको रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे ।

    बिबिसीका अनुसार सुन्नी मुस्लिमका धार्मिक मान्यतााहरु पढाउन साउदी अरेबियाले प्रायोजन गरेका कार्यक्रमहरुमा उनीहरु सहभागी हुन्थे । तर, पछि उनीहरु हिंसात्मक गतिविधि गर्ने समूहमा परिणत भए ।

    २. कहिले भयो तालिवानको उत्पत्ति ?

    सन् १९९० को दशकअघि तालिवानको नाम सुनिएको थिएन । सन् १९८९ फेब्रअरीमा सोभियत संघले एक दशक लामो अफगानिस्तान बसाइ अन्त्य गरेपछि तालिवानले फैलने मौका पायो ।

    सन् १९९४ मा औपचारिक रुपमा तालिवान मुल्लाह मोहमद ओमरले स्थापना गरेका थिए । ओमरको सन् २०१३ अप्रिलमा स्वास्थ्य समस्याको कारण मृत्यु भयो । कतिपयले उनको मृत्यु पाकिस्तानमा भएको बताउँछन् भने कतिपयले अफगानिस्तानमै भएको भन्छन् ।

    ओमरपछि आएका मुल्ला अख्तर मन्सुर पनि सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा परेर मारिए । मन्सुरको मृत्युपछि अहिले मौलावी हिबातुल्ला आखुन्जदा तालिवानको सर्वोच्च नेताको रुपमा छन् ।

    ३. कहिलेदेखि सुरु भयो सत्ताकब्जाको अभ्यास ?

    सन् १९८९ मा सोभियत संघ अफगानिस्तानबाट बाहिरियो । त्यसपछि सोभियत संघ समर्थित वामपन्थी जनवादी प्रजातान्त्रिक पार्टी अफगानिस्तान (पिडिपिए) कमजोर बन्यो ।

    सन् १९९२ मा मुजाहिदिनहरुले काबुल कब्जा गरे । पिडिपिएका राष्ट्रपति महोमद नाजिबुल्ला अपदस्त भए । ब्रिटानीका डटकमका अनुसार मुजाहिदिन भनेको अरबिक भाषामा धार्मिक गुरिल्ला हो । मुजाहिदिनले बुर्हानुदिन रब्बानीलाई सन् १९९२ मा रास्ट्रपति बनाए ।

    मुजाहिदिनभित्रै आन्तरिक लफडा भयो । विभिन्न गुटहरु बने । त्यसैको फाइदा उठाउँदै तालिवानले हमला सुरु गर्यो । सन् १९९५ मा अफगानिस्तानको इरानी सीमामा पर्ने हेरात प्राप्त कब्जा गरेका तालिवानले एक वर्षपछि काबुल कब्जा गरे ।

    सन् १९९८ सम्म आउँदा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिवानको कब्जामा परेको बिबिसीले लेखेको छ । महिला अधिकार कुण्ठित गर्ने र धार्मिक कानून लाउने तालिवानको मुद्दामा धेरै मान्छे असहमत छन् ।

    ४. किन ढाल्यो अमेरिकाकाले तालिवान सत्ता ?

    सन् १९९६ मा सत्ताकब्जा गरेका तालिवानलाई अमेरिकाले मान्यता दिएको थिएन । सन् २००१ को अन्तिमबाट भने हमला नै सुरु गर्यो । हमला गर्नुको कारण अल कायदा कनेक्सन हो ।

    सन् २००१ को सेप्टेम्बर ११ मा न्यू योर्क सहरमा जहाज अपहरण गरेर ट्वीन टावरमा हमला भयो । अल कायदा नेता ओसामा बिन लादेनले हमलाको जिम्मा लिए । झण्डै तीन हजार अमेरिकी नागरिकको ज्यान गएको र अमेरिकी सुरक्षालाई चुनौती दिएको आतंककारी हमलाले अमेरिका रिसायो । र, ‘आतंवादविरुद्ध युद्ध’को घोषणा गर्यो ।

    तालिवानले अल कायदालाई समर्थन र सुरक्षा गरेको आपोपमा अमेरिकाले सन् २००१ को अक्टोबर ७ बाट हमला सुरु गर्यो । डिसेम्बर पहिलो साताभित्र तालिवान सत्ता ढल्यो ।

    ५. कत्रो छ तालिवान फौज ?

    फौजका बारेमा तालिवानले कुनै आधिकारिक तथ्यांक दिँदैन । बिबिसीका अनुसार ८५ हजार संख्याका तालिवानको फौज छ । न्यू योर्क टाइम्सले भने ७५ हजार हाराहारी भएको उल्लेख गरेको छ ।

    ६. तालिवानलाई प्रायोजन गर्ने देश कुन हुन् ?

    सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिवान सत्ता हुँदा तीन देशले मात्रै मान्यता दिएका थिए, पाकिस्तान, युएई र साउदी अरेबियाले ।

    सोभियत संघ अफगानिस्तानमा हुँदा तालिवान र मुजाहिदिनलाई सहयोग गरेको अमेरिकाले सोभियत संघ फर्केपछि तालिवानको सत्ता आउँदा भने मान्यता दिएन । थुप्रै अन्तरवार्ताहरुमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिवान र मुजाहिदिन उत्पादनमा अमेरिकी हात रहेको बताएका छन् ।

    ७. अफगान सरकारमाथि तालिवान हाबी हुनुको कारण के हो ?

    अमेरिकी र न्याटो सैनिक फिर्ता हुनासाथ तालिवानले अफगान सरकारलाई धेरै दबाबमा राखेको छ । ३४ प्रान्त भएको अफगानिस्तानका अधिकांश प्रान्त कब्जा गरेको तालिवान संघीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।

    न्यू योर्क टाइम्सका अनुसार ८३ अर्ब अमेरिकी डलर खर्च गरेर अफगानी फौजमा तालिम दिइएको थियो । तर, तालिमको विज्ञापन जस्तो नतिजा आएको छैन । धेरै अफगानी सैनिकले आत्मसर्पण गरे । उनीहरु सिमावर्ती देशमा भएको भीडन्तबाट भागेर छिमेकी देश ताजाकिस्तान पुगेका थिए ।

    अफगान सरकारसँग सेना, प्रहरी र हवाई दस्ता गरी तीन लाख फौज भएको मानिन्छ । तर, फौजलाई आवश्यक तलव, सुविधा र हौसला नभएर समस्या भएको विभिन्न संचारमाध्यमले लेखेका छन् ।

    महिनौंसम्म तलवविहीन भएर सुरक्षाकर्मीले काम गर्नुपरेको, युद्धमा जाँदा आवश्यक खानपिनको व्यवस्था नभएको र व्यापक भ्रस्टचार भएकोले अफगानी फौज ठूलो भएर पनि नजिता नदेखिएको बताइन्छ ।

    अफगानिस्तानको सबैभन्दा ठूलो समुदाय पास्तुनको फौज भएकोले पनि तालिवान बलियो भएको कतिपयको भनाइ छ । तालिवानविरुद्ध विभिन्न जातिगत मोर्चाहरु पनि छन्, अफगाानिस्तानमा । तर, तालिवानको अगाडि उनीहरुको शक्ति रुपमा कमजोर छ ।

    तालिवान अफगानिस्तानमा मात्रै हाबी भएको छैन । एकताका पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा समेत हाबी भएका थिए । सन् २०१२ को अक्टोबरमा पानिस्तानी तालिवानले मलाला युसुफजाई विद्यालयबाट घर फर्कदाँ गोली हानेको घटना चर्चित भयो ।

    मलालले नोबेल शान्ती पुरस्कारसमेत पाइन् । तर, पछिल्ला वर्षहरुमा पाकिस्तानी सैन्य हमलाले पाकिस्तानी तालिवानलाई धेरै हदसम्म नियन्त्रण गरेको छ । पाकिस्तानमा अफगानिस्तानमा जस्तो प्रभावशाली छैनन् तालिवान ।

    ८. तालिवान, अल कायदा र आईएसआइमा के फरक छ ?

    तालिवान मुलतः अफगानिस्तान केन्द्रित छ । उनीहरु विदेशी फौज अफगानिस्तानबाट बाहिरिनुपर्ने पक्षमा छन् । तर, अल कायदा र आईएसआइ भने अन्तर्राष्ट्रिय समूह हुन । तर, युरोप र अमेरिकाको विरोध गर्ने लाइनमा भने उनीहरुको मिल्ती देखिन्छ ।

    कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिस नामक थिंक ट्यांकका अनुसार तालिवान संस्थापक मुल्ला ओमार र अल कायदा नेता ओसामा बिन लादेनको परिवारबीचमा वैवाहित सम्बन्ध थियो ।

    ९. तालिवानको आम्दानीको स्रोत के हो ?

    सिया मुस्लिमको कठोर कानून सरिया लागू गरेर सत्ताकब्जा गर्ने तालिवानको मूल मान्यता हो । उनीहरुलाई त्यो मान्यता राख्ने देश तथा व्यक्ति समूहले सहयोग गर्ने गरेका छन् ।

    तालिवानहरु आफूलाई इस्लामिक इमिरेट अफ अफगानिस्तान भन्छन् । उनीहरुको आम्दानीको अर्को स्रोत भनेको अफिमलगायतका लागूऔषधबाट लिइने कर हो । तालिवानले अफिम खेती र बिक्रीबापत दश प्रतिशत कर लिने विभिन्न मिडियाहरुले लेखेका छन् । कब्जा गरेको क्षेत्रमा भएका विभिन्न कारोबारबाट कर लिएर तालिवानले आम्दानी गर्दै आएको छ ।

    १०. कहिले भयो अमेरिका–तालिवान वार्ता ?

    तालिवानले सन् २०१३ को जुन महिनामा कतारको राजधानी दोहामा आफ्नो कार्यालय खोले । त्यसपछि कतारको समन्वयमा अमेरिकी अधिकारीसँग अनौपचारिक वार्ता भएको मानिन्छ ।

    अमेरिकासँग पहिलो प्रत्यक्ष वार्ता र शान्ति सम्झौता २०२० को फेब्रअरी २९ मा भयो । उक्त वार्तापछि अमेरिकी र न्याटो सैनिक पोस्टमा तालिवान आक्रमण घट्यो तर अफगान सरकारसँग भने बढ्यो । जुन अहिले झन् धेरै परिणाममा जारी छ ।

    ११. किन सशंकित छन् रुस, चीन र भारत ?

    अमेरिकी सेना अफगानिस्तानमा आउँदा सबैभन्दा धेरै विरोध गर्ने देश थिए, रुस र चीन । तर, अहिले उनीहरुलाई नै अमेरिकी सेना फर्किएपछि तनाव भएको छ । अफागानिस्तानमा भएको अस्थिरतमा मध्यएसिया जाने र आफूलाई समस्या हुने रुसको चिन्ता छ ।

    सीमा जोडिएको देश चीन–अफगान अस्थिरताले आफ्नो झिनजिझाङ प्रान्त झन् अस्थिर हुने चिन्ता चीनको छ । यही चिन्ता चिर्न तालिवान नेताहरुले मस्को र बेइजिङ गएर वार्ता गरेका थिए ।

    भारत तालिवान सत्ता आएपछि कास्मिरमा थप तनाव बढ्ने चिन्तामा छ । त्यहीं चिन्ताका कारण सन् १९९६ मा तालिवान सत्ता आउँदा मान्यता नदिएको भारत अहिले विभिन्न अनौपचारिक च्यानलबाट तालिवानसँग सम्पर्कमा भएको भारतीय मिडियाहरुले नै लेखेका छन् ।

    १२. के हो नेपाली गोर्खा सैनिक कनेक्सन ?

    मूलतः अफगानिस्तान अमेरिकी युद्धमैदान हो, जहाँ सुरुदेखि नै बेलायत सहभागी भयो । रोयटर्सका अनुसार ८१०० बेलायती सैनिक अफगानिस्तानमा खटिएका थिए ।

    सन् २०१४ को अक्टोबरमा बेलायतले आफ्ना फौजलाई फिर्ता लग्यो । ७०० सैनिक भने न्याटोको सदस्यको रुपमा कार्यरत रहिरहे । उनीहरु पनि पछि न्याटोसँगै फिर्ता भए ।

    अलजजिराका अनुसार अफगान युद्धमा ४५७ सैनिकको ज्यान गएको छ, जसमा नेपाली गोर्खा सैनिक पनि छन् । सबैभन्दा पहिले ज्यान गुमाउने गोर्खा सैनिक हुन् युवराज राई । उनको अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मन्डमा २८ वर्षको उमेरमा मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ । उनी सन् २००८ नोभेम्बर ४ मा मारिएका थिए ।

    गोर्खालीको मृत्युसँगै बहादुरीको कथा पनि आयो, अफगानिस्तानमा । अट्याक्टिङ सार्जन्ट दीपप्रसाद पुनले भिक्टोरिया क्रसपछिको दोस्रो ठूलो पदक कन्सपिक्युअस ग्यालन्ट्री बेलायती महारानीबाट पाएका थिए । सन् २०१० को सेप्टेम्बर १७ मा आफ्नो पोस्टमा एक्लै हुँदा तीस तालिवानसँग बहादुरीपूर्वक भिडेकोमा उनले पदक पाएका हुन् । Nepal press

    सम्बन्धित समाचार