पोखराबाट बागलुङ ल्याउँदै गर्दा एक कोरोना संक्रमितको बाटोमै मृत्यु

पोखराबाट बागलुङ ल्याउँदै गर्दा एक कोरोना संक्रमितको बाटोमै मृत्यु

  • श्रावण ३२, २०७८ सोमवार
  • १९:३२:४९ बजे
  • 3.7K
    SHARES
  • पोखराबाट बागलुङ ल्याउँदै गर्दा एक कोरोना संक्रमितको बाटोमै मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङ नगरपालिका–१२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

    आईतबार संक्रमण पुष्टि भएर पोखरा पु¥याईएकी उनको पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि बागलुङ फार्काउँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । कोभिड निमोनियाले ग्रस्त ती महिलालाई लक्षणहरु देखिएपछि जाँच गरिएको थियो ।

    अमलाचौरमा कोरोना फैलिएका कारण गाउँभरी मिल्दा जुल्दा लक्षण भएका बिरामी छन् । जाँच भएकामध्ये अधिकांशमा संक्रमण देखिने गरेको उनले बताए ।

    एउटै गाउँमा १ सय ३ जना सक्रिय संक्रमित

    पछिल्ला केही दिन यता कोरोना संक्रमितणको दर बढ्दै गएपछि एउटै गाउँमा १ सय ३ जना सक्रिय संक्रमित पुगेका छन ।

    जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा सोमबार सम्म १ सय ३ जना सक्रिय संक्रमित पुगेका छन भने  १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लाका कुल सक्रिय संक्रमित ५ सय ६० जना मध्ये बागलुङ नगरपालिकामा मात्रै २ सय ७८ रहेका छन । जसमा वलेवाको अमलाचौरमा मात्र १ सय ३ जना सक्रिय संक्रमित रहेको घिमिरेले बताए ।

    सोमबार मात्रै सोही ठाउँकी ७० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

    उच्चरक्त चाप, सुगर र मृगौलामा समस्या रहेकी ति महिलाको उपचारका लागि पोखरा गरिएको र अस्पतालले सिरियस अवस्था थप उपचार सम्झव नभएको भन्दै घर पठाईदिएको थियो र घर फर्किने क्रममा उनको बाटैमा मृत्यु बाटैमा मृत्यु भएको थियो । उनको शनिबार कोरोना संक्रमण पुष्टी भएको थियो । केही दिन पहिले पनि अमलाचौरकै ६४ बर्षिया महिलाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । 

    समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दै गएको र समयमा पिसिआर दिन नमान्दा भुसको आगो झै फैलिँदै गएको अमलाचौर स्वास्थ्य चौकीका स्वास्थ्य संस्था प्रमुख कृष्ण प्रसाद शर्माले बताए ।

    ‘गाउँमा संक्रमणको दर बढ्दै गएको छ, लक्षण सहितका विरामी पनि परिक्षणका लागि मान्दैनन् स्वास्थ्य संस्था प्रमुख शर्माले भने,–‘मृत्यु भएका महिलाको परिवारमा मात्र थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अन्य घरमा पनि यस्तै अवस्था छ । अमलाचौर क्षेत्रमा संचालन गरेका पसलहरु र यहाँबाट संचालन हुने सवारी साधनमा स्वास्थ्यका मापदण्ड नअपानाउँदा र आम नागरिकले कोरोना प्रति वेवास्ता गर्दा अहिले संक्रमण दर बढ्दै गएको उनले बताए ।

    विषेश गरी अमलाचौरको साविकको वडा नं. १ र ७ क्षेत्रमा संक्रमण दर उच्च रहेको छ ।

    बलेवा क्षेत्रमा कोरोनाको संक्रमण दर बढ्दै गएपछि बागलुङ नगरपालिकाले पनि थप कडाई थालेको नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब डिल्लीप्रसाद आचार्यले बताए ।

    नगरपालिकाले अमलाचौर क्षेत्रमा स्थलगत अनुगमन गरी लक्षण देखिएका सवै नागरिकको अनिवार्य कोरोना परिक्षण गर्ने तयारी गरेको आचार्यले बताए । 


    ‘नगरपालिकाले यस अगाडी पनि शंकास्पद र लक्षण देखिएकाको स्वाब संकलन गर्नका लागि गाउँमा नै स्वास्थ्यकर्मीलाई पठाएको थियो आचार्यले भने,– तर स्थानियमा कोरोनाको लक्षण देखिए पनि लुकान खोज्दा झनै संक्रमणको दर बढ्दै गएको छ । अब जसलाई लक्षण देखिएका छन उसलाई अनिवार्य होम आईशोलेशन बस्न लगाउने र पिसआर परिक्षण गरिने छ ।’

    भोलीका दिनमा कोही कसैको लापरबाहीका कारण समुदायस्तरमा कोरोनाको संक्रमण दर झनै फैलियो भने नगरपालिकाले आवश्यक कारबाही गर्न पनि पछि नपर्ने आचार्यले बताए । 

    जिल्लामा सोमबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय कोभिड फोकल पर्सन घिमिरेले जानकारी दिए ।  जिल्लामा हाल सक्रिय संक्रमित ५ सय ६० पुगेका छन भने सोमबार मात्र १ सय ३३ जना निको भएका छन । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६४ जना पुगेका छन ।

    जिल्लामा हाल  सम्म कुल ७ हजार ६२ जना कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

     

    सम्बन्धित समाचार