अमेरिका पठाउँछु भन्ने ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाउँछु भन्ने ठगी गर्ने एक जना पक्राउ

  • भाद्र १, २०७८ मंगलवार
  • १७:३०:०३ बजे
  • 2.2K
    SHARES
  • अमेरिका पठाउँछु भन्ने ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौंको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमबार झापाको अर्जुनधारा नगरपालिका–२ शान्ति चोकबाट जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

     


    उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङ्थुमका ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाइदिने र कोकाकोला कम्पनीमा मासिक तीन लाख कमाइ हुने जागिर लगाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको अभियोग छ ।

    पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार