लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

  • भाद्र १, २०७८ मंगलवार
  • १७:४९:३० बजे
  • 2.2K
    SHARES
  • लागूऔषधसहित दुई जना पक्राउ

    रौतहट : रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया (न्युज पोर्टल) संचालकसहित दुई जना पक्राउ परेका छन् ।

    सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका–८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका–७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो । मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने अनलाइनका सञ्चालक हुन् ।

     


    जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले अदालत पछाडिको सडकमा बिआर३०एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

    पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने डीएसपी चिमरियाले बताए ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # लागूऔषध

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार