चाँदीका गरगहनासहित एकजना पक्राउ

चाँदीका गरगहनासहित एकजना पक्राउ

  • भाद्र ३, २०७८ बिहिवार
  • १७:४९:१४ बजे
  • 2.1K
    SHARES
  • चाँदीका गरगहनासहित एकजना पक्राउ

    बारा : प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका–६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् ।

     


    भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

    उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ।

    पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चाँदीका गरगहना
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार