धातुको बुद्ध मूर्तिसहित पाँचजना पक्राउ

धातुको बुद्ध मूर्तिसहित पाँचजना पक्राउ

  • भाद्र ३, २०७८ बिहिवार
  • १८:२४:३७ बजे
  • 2.0K
    SHARES
  • धातुको बुद्ध मूर्तिसहित पाँचजना पक्राउ

    बर्दिया: प्रहरीले धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ ।

    गुलरिया नगरपालिका–७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

     


    पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका–१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका–९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।

    उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मूर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेको प्रहरीको दाबी छ ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # बुद्ध मूर्ति
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार