सडक अवरुद्ध

बाढिले सडक बगाएपछि बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध

बाढिले सडक बगाएपछि बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध

  • भाद्र ४, २०७८ शुक्रवार
  • १६:४३:५३ बजे
  • 9.0K
    SHARES
  • बाढिले सडक बगाएपछि बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध
    भूजीखाेलाले बगाएकाे सडक

    बुर्तिबाङ : निरन्तर वर्षातको भूजीखोलामा बाढी आउँदा सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध भएको छ । बाढीले सडक खण्डकाे विभिन्न स्थानमा सडक नै बगाएपछि जनैपूर्णीमा पर्वमा ढोरबराह मन्दिरमा जाने दर्शनार्थी समस्यामा परेका छन् । 

    सडक अवरुद्ध भएसँगै स्थानीयलाई समेत ढोरपाटन आवतजावत गर्नमा समस्या भएको स्थानीय गगन पुनले बताए । ‘निरन्नतर परेको वर्षाले गर्दा खोलामा पानीको बहाव निकै बढेको छ, यसले गर्दा खोला माथि सडकमै आएको छ,  सडकमा खोला बग्न थालेपछि ढोरपाटन आउन जान निकै कठिन भएको छ’ पुनले भने । ढोरपाटन नगरपालिका वडा नम्बर ८, ९ अन्र्तगत पर्ने दुवाल, भुसण्डे, सुप्राङ, दोहाल

    लगायतको क्षेत्रमा बाढिले सडक बगाएपछि यतिबेला भुजी खोला सालझण्डी ढोरपाटन सडकको रुटबाट बगिरहेको छ । बाढिका कारण भुजीखोला पाचौँ लघुजलविद्युत आयोजनाको मुहानमा समेत क्षेति पु¥याएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन । सडक अवरुद्ध भइसपछि सालझण्डी ढोरपाटन सडक आयोजनाले मर्मतको काम तत्काल अगाडी बढाउने तयारी बताएको छ ।

    सडक खुलाउनका लागि मेशिनले तत्काल काम सुरु गर्ने इन्जिनीयर सुरज चौधरीले बताए । जनैपूर्णिमा पर्वमा ढोरबराह दर्शनका लागि सयौँ श्रदालु भक्तजन ढोरपाटन पुग्ने र आफुहरुलाई समेत आवतजावतमा समस्या भएका कारण तत्काल सडक मर्मत हुनुपर्ने स्थानीयको माग छ ।

    यो पनि पढ्नुहोस्
    बागलुङमा कडा पारिएको निशेधाज्ञा भदौ १० गतेसम्म थपियो
    कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि बागलुङमा निशेधाा कडा पारिएको छ । साउन २८ गतेदेखि कडा पारिएको निशेधाज्ञा भदौ १० गतेसम्मका लागि थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बागलुङको बैठकले कोरोना संक्रमणदर तीब्र देखिएकाले कडा पारिएको

    निशेधाज्ञालाई भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस अगाडि भदौ ५ गत राती १२ बजेसम्मका लागि निशेधाज्ञामा कडाई गरिएको थियो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारीसमा जिल्ला सुरक्षा समितिको बैठकले निशेधाज्ञाको म्याद १० गतेसम्म पु¥याएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । अहिलेकै अवस्थामा जिल्लाभर १० गते राती १२ बजेसम्म निशेधाज्ञा कायम रहने उनले बताए ।  

    निशेधाज्ञाको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन् । अत्यावश्यक परेमा बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्नेछन् । अत्यावश्यक सेवामा लागि सवारी साधन सञ्चालन हुनेछन् ।

    कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरु पनि आईतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । लोकसेवा तथा त्रिभुवन विश्व विद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने बताईएको छ ।

    निशेधाज्ञाको समयमा औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् । तरकारी फलफुल दूध डेरीजन्य उत्पादन माछा मासु पानी लगायतका अत्यावश्यक पसल स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ । काभिड—१९ को खोप कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने, खोप कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    निशेधाज्ञाको समयमा सबै प्रकारका सभा सम्मेलन, तालिम गोष्ठी सेमिनार गर्र्न पाईने छैन । मानिसहरु भेला हुन जम्मा हुन भिडभाड गर्न सभा जुलुस गर्न जात्रा र महोत्सव गर्न पाईने छैन ।  फेन्सी हार्डवेयर, टेलरिङ, व्युटी पार्लर, फुटमाथ, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसलहरु लगायत हाललाई सञ्चालन गर्न पाईने छैन ।

    क्याम्पस, विद्यालय सबै प्रकारका शैक्षिक संस्थाहरु संस्था सिनेमा हल, पार्टी प्याले, पार्क फुटसल, खेलकुद स्थान, जिमखाना, फिटनेश सेन्टर, शैलुन, तालिम तथा प्रशिक्षण केन्द्र घरदैलो गरी विक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका सेवा तथा स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने नगराउने बैठकले निर्णय गरेको छ ।

     वैवाहिक कार्यक्रम तथा संस्कारजन्य कार्यक्रमहरु घरबाट मात्र सञ्चालन गर्ने, सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने र एक पक्षबाट ७ जना भन्दा बढि व्यक्ती सहभागी हुन नपाईने तथा समुहगत रुपमा हुने भोज, रत्यौली, बाजागाजा लगायतका कार्यक्रमहरु गर्न पाईने छैन । मठ मन्दिर।

    मस्जिद, गुम्बा चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नित्य पूजा ध्यान र प्रार्थना मात्र गरी अन्य कार्य गर्न पाउने छैनन् । अत्यावश्यक बाहेक सबै सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि बन्द हुनेछ । एम्बुलेन्स, दमकल, शवबाहन, तरकारी, फलफुल, दूध डेरीजन्य उत्पादन माछा मासु, पानी, बीऊ, बीजन कृषि उपज, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामग्री बोकेका सवारी साधनहरु,

    चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी  जाने आउने प्रयोजनका लागि प्रयोग हुने सवारी साधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन सञ्चालन हुनेछन् ।

     सबै प्रकारका नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाईने छैन । अन्य जिल्लाबाट यस जिल्ला भई निशेधाज्ञा लागु नभएका जिल्लाबाट यस जिल्ला भई निशेधाज्ञा लागु नभएका जिल्लामा जाने सवारी साधन यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी सहजीकरण गर्ने बताईएको छ । 

  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • # बुर्तिबाङ
  • # सडक अवरुद्ध

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार