बिनोद विश्वकर्मा, बुर्तिबाङ : बुर्तिबाङबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । मंगलबारदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पोख लगाउन सुरु गरिएको हो ।
जिल्लाका सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका र एम्बुलेन्स चालक सदरमुकाम पुगेर खोप लिनु पर्ने भनिए पनि चार पालिकाका स्वास्थ्यकर्मीले बुर्तिबाङबाटै लगाउने भनेपछि यहीँबाट खोप लगाउन सुरु गरिएको हो ।

नेपाल सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्वुलेन्स चालक र सरसफाईमा खटिने कर्मचारीलाई कोरोना रोकथाम विरुद्धको खोप लगाउन प्रत्येक जिल्लामा कार्यक्रम सुरु गरेको छ ।
बुर्तिबाङमै आइसोलेसन केन्द्र स्थापना गरेर कोभिडका बिरामीको उपचार गरिएको गर्दै आइएकोमा खोप समेत सदरमुकाम नगुगी बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट दिन थालिएपछि स्वास्थ्यकर्मीहरुलाई सहज भएको छ ।

यस खोप केन्द्रबाट निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाकाका करिब ५ सय ७८ जनालई खोप लगाउने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
मंगलबार यस खोप केन्द्रबाट ९० जना स्वास्थ्य स्वायमसेविका र स्वास्थ्यकर्मीलाई खोप लगाईएको बुतिबाङ प्राथामिक स्वास्थ्य केन्द्रका डा.मिलन मल्लले जानकारी दिए ।

पहिलो चरणको खोप बुतिबाङ प्रथामिक स्वास्थ्य केन्द्रका सरसफाईमा खटिने कर्मचारी प्रेम बहादुर बोहोरालाई लगाएर सुभारम्भ गरिएको छ ।
