छबिलाल पाण्डे, बुर्तिबाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समुहले बुर्तिबाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
कार्यालय स्थापना गर्दै निवर्तमान संघीय सांसद तथा प्रचण्ड–माधव नेपाल समुहका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी ढंगले अगाडी बढेर जनमतमाथि कुठाराघात गरेका कारण नेकपा पार्टी दुई कित्तामा पुगेको बताए ।
प्रधानमन्त्रीले एकलौटी ढंगले चलेको र पार्टीबाट समेत कसैले पनि काम गर्न अवरोध नगरेको भन्दै स्थाई कमिटी बैठकमा उपस्थित नहुने, सरकारका बारेमा उठेका प्रश्नको विषयमा कहिल्यै गम्भीर नभएको बताए ।
उनले पार्टीबाट आफुलाई असहयोग भएको भन्दै अकस्मात संसद विघटन गरेर जनताका आशा र अपेक्षा माथि खेलवाड गरि पार्टीलाई समेत दुर्घटनामा पारेको बताए ।
ओलीले अहिले गरिरहेको गतिविधि आफ्ना गुटसँग गत वर्षनै सक्रिय रुपमा लागिपरेको आरोप लगाए । नेकपाको विधान अनुसार बहुमतका आधारमा पार्टीले वैधानिकता पाउने बताउँदै आधिकारीक नेकपा प्रचण्ड–माधव समुह रहेको प्रस्ट पारे ।
पार्टीको सिद्धान्तमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल रहेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टीको नियम, विधान, पद्धतीलाई लत्याएर एकलौटी सामन्ती बन्न खोजेको भन्दै आफु असुरक्षित हुन्छुकी भन्ने हुतेले हतार हतारमा संसद विघटन बताए ।
कार्यक्रममा नेकपा प्रदेश सचिवालय सदस्य इन्द्रलाल सापकोटा, प्रदेश सदस्य हिराबहादुर केसी, प्रदेश कमिटी सदस्य प्रेम घर्ती, जिल्ला सदस्य चन्द्रलाल
अर्याल लगाएतले मनतव्य राखेका थिए । कार्यक्रम चुना घर्ती मगरको स्वागत, केशर छन्तयालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।