बागलुङ : ईलाका प्रहरी कार्यालय बुर्तिबाङले २५० किलो मर्चा नष्ट नगरेको छ ।
ढोरपाटन नगरपालिका— १ बुर्तिबाङ बजारबाट स्थानीयले मदिरा बनाउनको लागि प्रयोग गरिने कच्चा पदार्थ मर्चा सुराकीको आधारमा चेकजाँज गर्ने क्रममा केही दिन पहिले बरामद गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक जयराम वन्तले जानकारी दिए ।
ठूलो परिमाणमा बरामद गरिएको मर्चा मंगलबार ढोरपाटन नगरपालिका वडा— १ का वडा अध्यक्ष चित्र बहादुर भन्डारी, पत्रकार, स्थानीय लगायतको रोहबरमा नष्ट गरिएको हो ।
मदिरा निर्माण गर्ने व्यक्तिलाई सम्झाई बुझाई गरेर छोडिएको प्रहरी निरिक्षक वन्तले बताए । चाडवाडको समय सुरु भएसंगै विभिन्न अपराधिक गतिविधि गर्न मदिराले सहयोग पु¥याउने भन्दै मदिरा नष्ट अभियान सञ्चालन गर्ने समेत वन्तले बताए ।