आर्थिक

बागलुङमा सबैभन्दा बढि बेरुजु ढोरपाटन पालिकामा

बागलुङमा सबैभन्दा बढि बेरुजु ढोरपाटन पालिकामा

  • भाद्र ५, २०७८ शनिवार
  • १९:५१:३९ बजे
  • 13.6K
    SHARES
  • बागलुङमा सबैभन्दा बढि बेरुजु ढोरपाटन पालिकामा

    बागलुङ : बागलुङका १० स्थानीय तह मध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । ‘महा लेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यस नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ढोरपाटनमा ६ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

    ढोरपाटनमा ९२ करोड ४८ लाख १८ हजार लेखा परीक्षण रकम रहेको थियो । दोस्रो धेरै बेरुजु देखिनेमा बागलुङ नगरपालिका रहेको छ । बागलुङ नगरपालिकामा १.६४ प्रतिशत बेरुजु देखिएको छ । २ अर्ब ५ करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकोमा ३ करोड ३६ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ । तेस्रो धेरै बेरुजु देखिनेमा काठखोला गउँपालिका र ताराखोला गाउँपालिका रहेका छन् ।

    तिनीहरुमा बराबर १.६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु देखिएको छ । १ अर्ब ३७ करोड २८ लाख ४४ हजार लेखा परीक्षण रकम रहेकोमा १ करोड ५६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको हो । काठेखोलामा १ अर्ब ६ करोड ४५ लाख ४ हजार रकम लेखा परीक्षण गरिएकोमा १ करोड ७१ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

    ताराखोला गाउँपालिकामा ६० करोड ९२ लाख २३ हजार लेखा परीक्षण रकम रहेकोमा ९८ ला २० हजार रुपैयाँ बेरुजु देखिएको छ । तमानखोला गाउँपालिकामा १।५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकोमा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

    निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख ९ हजार लेखा परीक्षण रकम रहेकोमा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ । १ अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण रकम रहेकोमा १ करोड १६ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ ।

    १ अर्ब २४ करोड ४९ लाख ६ हजार लेखा परीक्षण रकम रहेकोमा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो । सबैभन्दा कम बरेङ गाउँपालिकामा ०.४२ प्रतिशत बेरुजु देखिएको छ । ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण रकम रहेकोमा २७ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । cp eparinews

  • सम्बन्धित विषय:

  • # बेरुजु
  • # ढोरपाटन पालिका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार